काठमाडौं । नवनियुक्त शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले कर्मचारीहरूसँग छलफल गरेर मात्रै कार्ययोजना बनाउने भएकी छन् । स्थायी सरकार ब्यूरोक्रेसी भएको भन्दै उनले पहिला टिमसँग छलफल गरेर मात्रै आफ्नो कार्ययोजना बनाउने बताएकी हुन् ।
‘स्थायी सरकार भनेको ब्यूरोक्रेसी हो । पहिला टिमसँग बस्छु । अपडेट लिन्छु । बेसलाइन के हो ? थाहा पाउँछु । बेसलाइन थाहा पाएपछि सबैभन्दा पहिला के गरेपछि रिजल्ट आउँछ । त्यसपछि कार्ययोजना बनाउँछु’ मन्त्री श्रेष्ठले भनिन् । केही दिनमा कार्ययोजना बनाएर त्यसपछि सार्वजनिक गर्ने उनको भनाई छ । उनले शिक्षा क्षेत्रमा देखिएका समस्या समाधानका लागि प्राथमिकतामा राखेर काम गर्ने समेत बताइन् ।
अहिले संसद्को शिक्षा समितिमा विद्यालय शिक्षा विधेयक छलफलको क्रममा छ । समिति सभापति समेत मन्त्री बनेका छन् । सभापति भानुभक्त जोशी सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री बनेका हुन् । उनी मन्त्री बनेपछि शिक्षा समितिको सभापति पद खाली भएको छ । अब नयाँ आउने सभापतिले विधेयकलाई अझ प्राथमिकतामा राखेर अगाडि बढाउनेमा आफू विश्वस्त रहेको र सरकारले गर्नुपर्ने सहयोग गर्ने बताइन ।
समितिले शिक्षा विधेयकमा अब प्रदेश तहमा गएर सरोकारवालासँग छलफल गराउनेछ । सांसदका रूपमा काम गर्दा जसरी सरोकारवाला र आम नागरिकको अर्थपूर्ण सहभागिता, पारदर्शिता र अपनत्वलाई केन्द्रमा राखेको थिए मन्त्री बनेपछि पनि त्यही कार्यशैली अपनाउने उनको भनाइ छ । आगामी दिनमा समेत आफ्नो कार्यशैली यस्तै तरिकाले अगाडि बढ्ने बताइन् ।
सतही विश्लेषण र लोकप्रिय समाधानमा केन्द्रित नरहेर समस्याको जरासम्म पुग्ने प्रयास गर्ने उनको भनाइ छ । प्रश्नको उत्तर खोज्ने र समाधान पहिल्याउने बताइन । सजिलो बाटो नभएको तर, सबैको साथ, सहयोग र सहकार्यबाट सफलतामा पुग्न सकिने उनको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २५ फागुन २०८०, १२ : १३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
शिक्षामन्त्री पुनले दिए राजीनामा
१५ बुँदे माग राख्दै विद्यार्थी युनियन अखिलले बुझायो शिक्षामन्त्रीलाई ज्ञापन पत्र
नयाँ दलहरूलाई शिक्षामन्त्रीको सुझाव– ‘फुटेर नभइ जुटेर मात्र शक्तिशाली भइन्छ’
'सर्को तानेको बेला केही नलेखौँ' : शिक्षामन्त्री
भाषण गर्न र रिबन काट्न नबोलाउनुहोस् : शिक्षामन्त्री पुन
शिक्षामन्त्री पुनले पत्रकारहरूलाई बोलाए केशर महल