नेपालमै सिटामोल उत्पादन सुरु हुने

मंगलबार, ११ पुस २०७४, १५ : ३६
नेपालमै सिटामोल उत्पादन सुरु हुने

चितवन । सरकारले आगामी माघ दोस्रो साताबाट सिटामेला उत्पादन गरी बजारमा लैजाने तयारी गरेको छ । नेपाल औषधि लिमिटेडले मंगलबार पत्रकार सम्मेलन गरी आगामी माघ दोस्रो साताबाट सिटोमोल उत्पादन गरी बजारमा लैजाने तयारी भइरहेको जानकारी गराएको हो ।

पत्रकार सम्मेलनमा बोल्दै कम्पनीका महाप्रबन्धक डा.रोभसकुसम सुवेदीले आगामी माघ दोस्रो साताबाट सिटोमोल उत्पादन गरी बजारमा लैजाने तयारी भइरहेको जानकारी दिए । उद्योग मन्त्रालयले सिटामोल उत्पादनको काम एक वर्ष अघि नै सुरु गर्न कम्पनीलाई निर्देशन दिएको थियो । तर बजेट अभावका कारण एकवर्ष अघि सिटोमोल उत्पादनको काम अघि बढाउन नसकिएको पनि कम्पनीका महाप्रवन्धक सुवेदीले स्पष्ट पारे ।

कम्पनीले जीवन जल उत्पादन गर्दै आएको छ ।  महाप्रबन्धक सुवेदीले विनियोजित बजेटअनुसार नयाँ–नयाँ औषधी उत्पादनको काममा तीव्रता दिने योजना पनि अघि सारेका छन् ।

प्रतिक्रिया दिनुहोस