धनगढी । सुदूरपश्चिमका मुख्यमन्त्री कमल बहादुर शाहले एकीकृत समाजवादीबाट आर्थिक मामिला मन्त्री भएका नरेश कुमार शाहीलाई पनि बर्खास्त गरेका छन् ।
बदलिएको राजनीतिक समीकरणपछि केन्द्रमा समाजवादीले नयाँ सत्ता गठबन्धनमा सहभागी भएसँगै यहाँ समाजवादीबाट मन्त्री बनेका शाहीलाई बर्खास्त गरेका हुन् ।
मन्त्रिपरिषद्को हेरफेर र कार्याविभाजन गर्दै मुख्यमन्त्री शाहले आर्थिक मामिला मन्त्रालय आफू मातहत राखेको प्रमुख प्रमुख देवराज जोशीले प्रेषित पत्रमा उल्लेख छ ।
यसअघि मन्त्री शाहले माओवादीको २ मन्त्री र १ राज्यमन्त्रीलाई बर्खात गरिसकेका छन् । बर्खास्त हुनेमा सामाजिक विकास मन्त्री झपट साउँद, उद्योग पर्यटन वन तथा वातावरण मन्त्री रमेश सिंह धामी र उद्योग पर्यटन वन तथा वातावरण राज्यमन्त्री गीता माल रहेकी छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २४ फागुन २०८०, १० : ०२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सुदूरपश्चिममा भोलि सार्वजनिक बिदा
जनकपुरलाई हराउँदै सुदूरपश्चिम ‘प्लेअफ’मा
सुदूरपश्चिममा धान उत्पादन : क्षेत्रफल घट्यो, उत्पादकत्व वृद्धि
सुदूरपश्चिमका १३ क्याम्पसलाई आंगीक बनाउन प्रधानमन्त्रीको ध्यानाकर्षण
सुदूरपश्चिमको बजेट प्रदेश सभाबाट पारित
सुदूरपश्चिम सरकारले नीति तथा कार्यक्रम ल्याउँदै