धनगढी । सुदूरपश्चिमका मुख्यमन्त्री कमल बहादुर शाहले एकीकृत समाजवादीबाट आर्थिक मामिला मन्त्री भएका नरेश कुमार शाहीलाई पनि बर्खास्त गरेका छन् ।
बदलिएको राजनीतिक समीकरणपछि केन्द्रमा समाजवादीले नयाँ सत्ता गठबन्धनमा सहभागी भएसँगै यहाँ समाजवादीबाट मन्त्री बनेका शाहीलाई बर्खास्त गरेका हुन् ।
मन्त्रिपरिषद्को हेरफेर र कार्याविभाजन गर्दै मुख्यमन्त्री शाहले आर्थिक मामिला मन्त्रालय आफू मातहत राखेको प्रमुख प्रमुख देवराज जोशीले प्रेषित पत्रमा उल्लेख छ ।
यसअघि मन्त्री शाहले माओवादीको २ मन्त्री र १ राज्यमन्त्रीलाई बर्खात गरिसकेका छन् । बर्खास्त हुनेमा सामाजिक विकास मन्त्री झपट साउँद, उद्योग पर्यटन वन तथा वातावरण मन्त्री रमेश सिंह धामी र उद्योग पर्यटन वन तथा वातावरण राज्यमन्त्री गीता माल रहेकी छन् ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २४ फागुन २०८०, १० : ०२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सुदूरपश्चिमका सर्प दंशको उच्च जोखिम रहेका क्षेत्रमा उपचार सेवा विस्तार गरिँदै
सुदूरपश्चिमका सांसदसँग प्रधानमन्त्री शाहको छलफल
सुदूरपश्चिममा भोलि सार्वजनिक बिदा
जनकपुरलाई हराउँदै सुदूरपश्चिम ‘प्लेअफ’मा
सुदूरपश्चिममा धान उत्पादन : क्षेत्रफल घट्यो, उत्पादकत्व वृद्धि
सुदूरपश्चिमका १३ क्याम्पसलाई आंगीक बनाउन प्रधानमन्त्रीको ध्यानाकर्षण