काठमाडौँ । नेकपा माओवादी केन्द्रको पूर्वनिर्धारित स्थायी समिति बैठक स्थगित भएको छ । फागुन ११ गते बसेको बैठकले बाँकी नेताहरूको कार्यविभाजन, विधान संशोधन लगायत विषयमा छलफल गर्न फागुन २८ गते स्थायी समिति बैठक बोलाउने निर्णय गरेको थियो ।
तर एकाएक समीकरण बदलिएपछि बैठक स्थगित भएको स्थायी समिति सदस्य कमला रोकाले जानकारी दिइन् । रोकाका अनुसार बैठक चैत १ गते बस्नेछ । ‘नयाँ विकसित घटनाक्रमका कारण फागुन २८ को बैठक स्थगित गरी चैत १ गते बोलाइएको छ’, उनले जानकारी दिइन् ।
सोमबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कांग्रेससँगको सहकार्य भंग गरी एमालेसँग मिलेर नयाँ समीकरण बनाएका थिए ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २३ फागुन २०८०, १९ : २६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रधानमन्त्रीको अभिव्यक्तिविरुद्ध माओवादीले देशभर मसाल जुलुस निकाल्ने
माओवादी उम्मेदवार हरिजनमाथि हातपात गर्ने थप तीन जना पक्राउ
रोल्पामा विप्लव नेतृत्वको माओवादीका ३५ कार्यकर्ता नेकपा प्रवेश
काठमाडौं–२ को अनुभव, चितवन–३ लाई सुझाव : ‘विश्वास दिनुअघि काम हेर्नुहोस्’
‘सरकारले देशभर एकै चरणमा निर्वाचन गरोस्' : संयोजक दाहाल
शुल्क नतिरेको बहानामा परीक्षा दिन नदिने कार्य अमानवीय — अखिल क्रान्तिकारी चितवन