काठमाडौँ । नेकपा माओवादी केन्द्रको पूर्वनिर्धारित स्थायी समिति बैठक स्थगित भएको छ । फागुन ११ गते बसेको बैठकले बाँकी नेताहरूको कार्यविभाजन, विधान संशोधन लगायत विषयमा छलफल गर्न फागुन २८ गते स्थायी समिति बैठक बोलाउने निर्णय गरेको थियो ।
तर एकाएक समीकरण बदलिएपछि बैठक स्थगित भएको स्थायी समिति सदस्य कमला रोकाले जानकारी दिइन् । रोकाका अनुसार बैठक चैत १ गते बस्नेछ । ‘नयाँ विकसित घटनाक्रमका कारण फागुन २८ को बैठक स्थगित गरी चैत १ गते बोलाइएको छ’, उनले जानकारी दिइन् ।
सोमबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कांग्रेससँगको सहकार्य भंग गरी एमालेसँग मिलेर नयाँ समीकरण बनाएका थिए ।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २३ फागुन २०८०, १९ : २६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कर्णालीमा माओवादी र समाजवादी संसदीय दल एकीकरण
जेनजी आन्दोलनमाथि भएको दमनको छानबिनको माग गर्न अखिल क्रान्तिकारी चितवनद्वारा ८० हजार हस्ताक्षर
नेकपा र भीम रावल नेतृत्वको अभियानबिच ७ बुँदे सहमति (पत्रसहित)
माओवादी र एकीकृत समाजवादीसहित दश वामशक्तिबीच एकता घोषणा
माओवादी, एकीकृत समाजवादीसहित नौ वाम पार्टीवीच आज औपचारिक एकता घोषणा सभा हुँदै
जनार्दन र घनश्यामले माओवादी र एकीकृत समाजवादी नै ब्यूताउँन सक्छन् ? यस्तो छ कानुनी ब्यवस्था