काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालले वर्तमान गठबन्धन सरकारमा सहभागी हुने मन्त्रीलगायत मुलुकको समसामयिक विषयमा विचार-विमर्श गरेको छ । पार्टीको आज बसेको कार्यकारिणी समिति बैठकले सरकारमा सहभागी हुने मन्त्री तथा सरकारमा सहभागी हुँदा पार्टीको मुद्दा र अडानबारे पार्टीका नेताहरुबीच छलफल गरेको हो । बैठकमा मधेश प्रदेश सरकारको सुनिश्चिततालगायत विषयमा नेताहरुले आफ्नो धारणा राख्नुभएको जसपाका प्रवक्ता मनिष सुमनले जानकारी दिए ।
“आजको बैठकमा सबै नेताहरुले मधेश प्रदेश सरकारको सुरक्षाको प्रत्याभूति खोजे भने सोहीअनुरुप आफ्नो धारणा पनि राखे । परिस्थिति अत्यन्तै तरल छ, यसको टुङ्गो लागेपछि मात्रै पार्टी निर्णयमा पुग्छ”, उनले भने । प्रवक्ता सुमनका अनुसार सत्ता साझेदार दलको बैठकको निर्णयपछि पार्टीले पुनः बैठक बसेर आधिकारिक निर्णय गर्नेछ ।
जनमत पार्टीले पनि मधेश प्रदेश सरकारको विषयमा टुङ्गो लागेपछि थप निर्णय गर्ने भएको सो पार्टीका प्रवक्ता डा. शरद्सिंह यादवले बताए । उनले भने, “मधेश प्रदेशको मुख्यमन्त्री हाम्रो ‘बटममलाइन’ हो । पुरानो सम्झौताअनुसार नै अघि बढ्नुपर्छ भन्ने धेरैको धारणा छ ।”
प्रतिक्रिया दिनुहोस
रासस
बुधबार, २३ फागुन २०८०, १३ : २४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नागरिक उन्मुक्ति र जनमत पार्टीबिच एकता घोषणा कार्यक्रम स्थगित
आज साँझ जनमत पार्टीको बैठक बस्दै
जनमत र नाउपाबीच १७ गते एकीकरण घोषणा हुने
शिक्षकको माग सम्बोधन गर्न जनमत पार्टीको माग
जनमतले बोलायो केन्द्रीय समिति बैठक
कवाड व्यवसायीलाई काठमाडौं महानगरले ज्यादती गर्योः जनमत