विभिन्न स्थानमा तीन जना मृत अवस्थामा फेला

सफल खबर संवाददाता

बुधबार, २३ फागुन २०८०, १२ : ५४
विभिन्न स्थानमा तीन जना मृत अवस्थामा फेला

काठमाडौं । धनुषा, मिथिला नगरपालिका–५ श्रीपुरस्थित औरही खोलाको बगरमा क्षिरेश्वरनाथ नगरपालिका-५ बस्ने ३५ वर्षीय नागेश्वर यादव  मृत अवस्थामा फेला परेका छन् ।  बर्दिया, बढैयाताल गाउँपालिका–५ बढैयातालस्थित बाटो छेउमा बाँके खजुरा गाउँपालिका–८ बस्ने ९५ वर्षीय कल्लु खाँ मंगलबार मृत अवस्थामा फेला परेका छन् । 

पर्सा, बिन्दाबासनी गाउँपालिका-५ हस्वा टोलस्थित खेतमा भारत बिहार पूर्वी चम्पारण अनसारुल हक-३ बक्सा गमहरिया बस्ने ४२ वर्षीय मोहमद ईरसाद मंगलबार मृत अवस्थामा फेला परेका छन् ।  यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस