मिटरब्याज पीडित वार्ता समितिका संयोजकसहित १३ जना बालुवाटारबाट पक्राउ

सफल खबर संवाददाता

बुधबार, २३ फागुन २०८०, १२ : १६
मिटरब्याज पीडित वार्ता समितिका संयोजकसहित १३ जना बालुवाटारबाट पक्राउ

काठमाडौं । सरकारसँग वार्ता गर्न बनेको मिटरव्याज पीडित समितिका संयोजक अवधेश कुसवाहासहित १३ जना पक्राउ परेका छन् । उनीहरूलाई प्रधानमन्त्री निवासको ३ नम्बर गेटबाट पक्राउ गरिएको हो ।

प्रधानमन्त्री निवास वरिपरी प्रदर्शन गरेपछि उनीहरुलाई पक्राउ गरिएको हो । मिटर ब्याजपीडितले कुसवाहको नेतृत्वमा समिित बनाएका थिए । उक्त समितिबीच केही दिनअघि वार्ता भएको थियो । तर, उक्त वार्ताले कुनैपनि निष्कर्ष निकाल्न नसक्दा पीडितहरुले आन्दोलनलाई जारी राखेका छन् ।

प्रतिक्रिया दिनुहोस