चितवन । पूर्वी चितवनको रत्ननगर नगरपालिकास्थित एकता शिशु निकेतनको छात्रावासमा शालीन पोखरेल मृत फेला परेको घटनापछि सुरक्षा घेरामा पढाइ भइरहेको छ ।
रत्ननगर नगरपालिका १० स्थित विद्यालयको छात्रावासमा झुन्डिएको अवस्थामा पोखरेल फेला परेपछि बन्द भएको विद्यालयमा अहिले सुरक्षाकर्मीले घेरा दिएर पठनपाठन सञ्चालन गरिएको हो ।
गत शुक्रबार कक्षा ८ देखिमाथि पढाइ भएकामा आइतबार कक्षा ६ र ७ को पनि पढाइ सञ्चालन गरिएको विद्यालयका प्लस टु संयोजक रमेश शर्माले जानकारी दिए ।
विद्यालयमा थप अप्रिय घटना हुनबाट जोगाउनका लागि सुरक्षा दिइएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक श्रीराम भण्डारीले बताए । गोरखापत्रमा खबर छ ।

प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
बुधबार, २३ फागुन २०८०, ०८ : ४२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
बीस विद्यालयलाई ल्यापटप वितरण
गर्मीले कक्षा कोठामै विद्यार्थी ढल्न थालेपछि बर्दिबासका विद्यालय बन्द
विद्यार्थी न्यून भएका विद्यालय समायोजन
हरिनारायणको हिसाब : 'बजेटपछि झन् महँगो हुँदै गएको जीवन'
हुरी बतासले छानो उडाएपछि विद्यालयमा पठनपाठन प्रभावित
गर्मीका कारण कञ्चनपुरका दुई नगरपालिकामा विद्यालय बिहानी सत्रमा सञ्चालन