काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेकपा एसका अध्यक्ष माधवकुमार नेपाललाई भेट्न उनको निवास कोटेश्वर गएका छन् । बालुवाटारमा नवगठबन्धनको बैठक चलिरहँदा उनी बालुवाटारबाट एक्लै निस्केका हुन् ।
मन्त्रीहरूको शपथग्रहणपछि बालुवाटारमा गठबन्धनको बैठक बसिरहेको छ । बैठकमा जसपा अध्यक्ष उपेन्द्र यादव आइपुगेका छैनन् । अन्य नेताहरू बैठकमै छन् । ‘प्रचण्ड’ भने निस्केका हुन् ।
उनी माधव नेपाललाई गठबन्धनमा तान्ने हेतु फकाउन गएको अनुमान छ । अहिले नेपालसँग उनको छलफल भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २१ फागुन २०८०, २० : ०५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
‘प्रचण्ड’को स्वास्थ्यमा क्रमिक सुधार
प्रचण्डलाई भएको के हो ? कति दिन बस्नुपर्छ अपस्ताल ?
नेकपा संयोजक ‘प्रचण्ड’ अस्पताल भर्ना
'संविधानको मूल मर्मबाट पछि हट्ने छुट कसैलाई छैन' : प्रचण्ड
बालेन सरकारका गतिविधिले व्यवस्था टिकाउने चुनौती थपियो : प्रचण्ड
प्रदेशमा सर्वदलीय सहमति भए मात्र नेकपा सरकारमा जाने: ‘प्रचण्ड’