दर्जनौ रोगहरुको समाधान गर्ने बिरेनुन, यसरी प्रयोग गरौं

सफल खबर संवाददाता

विहीबार, २८ भदौ २०७५, १४ : ५१
दर्जनौ रोगहरुको समाधान गर्ने बिरेनुन, यसरी प्रयोग गरौं

चितवन ।  बिरेनुनको नियमित सेवनले बाथ, पित्त र कफलाई नियन्त्रणमा राख्ने काम गर्छ । यसमा सोडियमको मात्रा कम हुने भएकाले उच्च रक्तचापका बिरामीलाई पनि लाभदायक हुन्छ ।

बिरेनुनले पेटमा भएका विषाक्त तत्व लाई पनि बाहिर निकाल्ने काम गर्छ । जसले गर्दा ग्यास्ट्रिक, कब्जियत, अम्लीयलगायतका समस्याबाट बच्न सकिन्छ । तसर्थ, यसले पेटलाई स्वस्थ र सशक्त राख्ने काम गर्छ । खाना पचाउनमा यसको महत्वपूर्ण भूमिका हुन्छ ।

बिरे नुनमा सल्फर, आइरनलगायतका शरीरलाई आवश्यक खनिज तत्व प्रशस्त मात्रामा हुन्छ । जसको कारण मोटोपना, कोलेस्ट्रोल, श्वासप्रश्वाससम्बन्धी समस्याबाट बचाउने काम गर्छ । त्यस्तै, यसको सेवनले मधुमेह, आर्थराइटिस, प्यारालाइसिस, एनिमिया, रक्तश्राव, कपाल झर्ने, जोर्नी दुख्ने र आन्द्रासम्बन्धी समस्यालाई पनि नियन्त्रण गर्नमा भूमिका खेल्छ ।
यसले छालालाई नरम, स्वस्थ, सुन्दर राख्न पनि मद्दत गर्छ । यसको सेवनले कुष्ठरोग, एक्जिमा वा छालासम्बन्धी रोगबाट समेत बच्न मद्दत गर्छ ।

यसरी प्रयोग गरौं
-बिरेनुनले खानालाई सुरक्षित राख्ने काम गर्छ । यसलाई टेबुल साल्टका रूपमा वा साँध्ने खालका खानामा सोझै प्रयोग गर्न सकिन्छ ।
- यसलाई पानीमा मिसाएर पनि प्रयोग गर्न सकिन्छ ।
- त्यस्तै, मनतातो पानीमा बिरेनुनको मिश्रण गरी नुहाउँदा निकै लाभदायक हुन्छ ।
- दाँत, गिजा, जिब्रो, घाँटी आदिमा समस्या उत्पन्न भएमा तोरीको तेलमा बिरेनुनको मिश्रण गरी सफा गर्न सकिन्छ ।
- खाना नमिठो हुँदा वा ज्वरो आएको बेला पनि बिरे नुन र तेलले ब्रस गर्दा खाना मिठो हुन्छ ।
- यसले दाँतलाई चम्किलो बनाउनुका साथै मुखसम्बन्धी अन्य समस्याबाट पनि मुक्त हुन सहज हुन्छ ।

 

प्रतिक्रिया दिनुहोस