बारा । हुन्डी कारोबारमा संलग्न रहेको आरोपमा बारा जिल्लामा ५ जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय बाराले उनीहरूलाई २१ लाख रुपैयाँ रकमसहित पक्राउ गरेको हो ।विशेष सूचनाको आधारमा प्रहरी टोलीले गत फागुन १८ गते भारतको बिहार राज्यको मोतिहारी घर भएका २९ वर्षीय रञ्जित सरार्फ र बारा महागढीमाई नगरपालिका-१ घर भई आसिफ मनि चेन्जर सञ्चालन गरी बस्ने ३९ वर्षीय मेराजुल हक अन्सारी तथा ३१ वर्षीय कलामुदिन अन्सारीलाई पक्राउ गरेको हो ।
कलैया उप-महानगरपालिका वडा न. ६ स्थित अस्पताल रोडबाट सर्राफलाई कुनै पनि बैंकको इजाजत पत्र नलिई भारतबाट नेपालमा रकम ओसार पसार गर्ने क्रममा लुकाई छिपाई ल्याएको विभिन्न दरको पाँच लाख रुपैयाँसहित पक्राउ गरिएको थियो ।
त्यसपछि उक्त हुण्डी कारोबारमा संलग्न रहेका आसिफ मनि चेन्जरका सञ्चालकहरूलाई पनि पक्राउ गरिएको थियो । उनीहरूलाई बैंक तथा वित्तीय संस्था सम्बन्धीको कसूर मुद्दा दर्ता गरी जिल्ला अदालत बाराबाट सात दिन म्याद थप गरी अनुसन्धान कार्य भइरहेको प्रहरीले जानकारी दिएको छ ।
त्यसैगरी विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय र ईलाका प्रहरी कार्यालय छत्वाबाट खटिएको प्रहरी टोलीले फागुन २० गते कलयाणपुर सुलिगेटमा भारतबाट नेपालतर्फ आउँदै गरेको भारतीय मोटरसाइकलसहित भारतको बिहार घर भएका ४२ वर्षीय कृष्णलाल प्रसाद र ४० वर्षीय रवि शंकर सिंलाई पक्राउ गरेको छ ।
उनीहरूको साथबाट कुनै पनि बैंकको इजाजत पत्र नभएको विभिन्न दरको नेपाली सोह्र लाख नौ हजार रुपैयाँ बरामद गरिएको छ । उनीहरूलाई नियन्त्रणमा लिई अनुसन्धान प्रक्रिया अगाडि बढाइएको प्रहरीले जानकारी दिएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २१ फागुन २०८०, १३ : ५४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
संरक्षित वन्यजन्तु सालकको अखेटोपहारसहित नुवाकोटका ६ जना पक्राउ
लागु औषधसहित ७ जना पक्राउ
जुम्लामा ब्राउन सुगरसहित एक जना पक्राउ
स्रोत नखुलेको १२ लाख नगद सहित दुईजना पक्राउ
विदेशी मुद्रासहित एक जना पक्राउ
लागु औषधसहित विभिन्न स्थानबाट १६ जना पक्राउ