काठमाडौँ । सत्ता गठबन्धन भत्किने भएपछि एमालेसहितको गठबन्धन ब्युँत्याएर आजै नयाँ मन्त्रिमण्डल गठन हुने भएको छ ।
एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा बसेको सचिवालय बैठकमा अध्यक्ष केपी शर्मा ओलीले आजै नयाँ मन्त्रिमण्डल गठन हुने जानकारी दिएका हुन् ।
एमाले सचिवालय सदस्यका अनुसार प्रचण्डको नेतृत्वमा नयाँ मन्त्रिमण्डल गठन हुनेछ । जसमा एमालेका एक, रास्वपाका एक, जसपाका एक मन्त्री रहनेछन् । एमाले सचिवालय बैठकले पहिलो चरणमा एमाले संसदीय दलका प्रमुख सचेतक पदम गिरीलाई पठाउनेछ ।
त्यसैगरी रास्वपाबाट सभापति रवि लामिछाने मन्त्रीका रूपमा शपथ लिने बताइएको छ । आजै साँझसम्म नयाँ मन्त्रिमण्डल गठन गर्ने र शपथ समेत हुने एमाले नेताहरूको भनाई छ । यस्तै जसपाले मन्त्री बन्ने नाम दिन बैठक बोलाएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २१ फागुन २०८०, १० : ११
लेखकबाट थप
सम्बन्धित समाचारहरु
एमाले महाधिवेशनको प्रतिनिधि चयनको तयारी सुरु, कहाँबाट कति ?
एमाले केन्द्रीय सदस्य पासाङ शेर्पा पक्राउ
एमाले महासचिवले आज सञ्चारकर्मीसँग संवाद गर्ने
एमालेद्वारा युथ भोलेन्टियर फोर्स घोषणा
एमालेले मंसिर ६ गते काठमाडौंमा जनसभा गर्ने
गुण्डुमा सुरु भयो एमालेको सचिवालय बैठक