काठमाडौँ । नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक सोमबार बिहान बस्ने भएको छ । बैठक बिहान ९ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्नेछ ।
सचिव दीनानाथ शर्माका अनुसार बैठकमा विकसित राजनीतिक घटनाक्रम बारे छलफल हुनेछ । सङ्क्रमणकालीन न्याय र राष्ट्रिय सभा अध्यक्षको निर्वाचनको सन्दर्भमा नेकपा एमाले, नेकपा माओवादी केन्द्र र रास्वपालगायतका दलहरूबिच मिलेर जाने सहमति भएको छ।
प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार मध्यरातसम्म चलेको बैठकमा मिलेर जाने विषयमा सहमति भएको हो ।
सहमतिसँगै राजनीति नयाँ कोर्समा अघि बढ्ने संकेत देखिएको छ । यसैबिच नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पनि बालुवाटार पुगेका छन् ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २१ फागुन २०८०, ०९ : १०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रधानमन्त्रीको अभिव्यक्तिविरुद्ध माओवादीले देशभर मसाल जुलुस निकाल्ने
माओवादी उम्मेदवार हरिजनमाथि हातपात गर्ने थप तीन जना पक्राउ
रोल्पामा विप्लव नेतृत्वको माओवादीका ३५ कार्यकर्ता नेकपा प्रवेश
काठमाडौं–२ को अनुभव, चितवन–३ लाई सुझाव : ‘विश्वास दिनुअघि काम हेर्नुहोस्’
‘सरकारले देशभर एकै चरणमा निर्वाचन गरोस्' : संयोजक दाहाल
शुल्क नतिरेको बहानामा परीक्षा दिन नदिने कार्य अमानवीय — अखिल क्रान्तिकारी चितवन