काठमाडौँ । नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक सोमबार बिहान बस्ने भएको छ । बैठक बिहान ९ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्नेछ ।
सचिव दीनानाथ शर्माका अनुसार बैठकमा विकसित राजनीतिक घटनाक्रम बारे छलफल हुनेछ । सङ्क्रमणकालीन न्याय र राष्ट्रिय सभा अध्यक्षको निर्वाचनको सन्दर्भमा नेकपा एमाले, नेकपा माओवादी केन्द्र र रास्वपालगायतका दलहरूबिच मिलेर जाने सहमति भएको छ।
प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार मध्यरातसम्म चलेको बैठकमा मिलेर जाने विषयमा सहमति भएको हो ।
सहमतिसँगै राजनीति नयाँ कोर्समा अघि बढ्ने संकेत देखिएको छ । यसैबिच नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पनि बालुवाटार पुगेका छन् ।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २१ फागुन २०८०, ०९ : १०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
शुल्क नतिरेको बहानामा परीक्षा दिन नदिने कार्य अमानवीय — अखिल क्रान्तिकारी चितवन
प्रतिनिधिसभा चुनाव : रेनु दाहाल चितवन-३ बाट सर्वसम्मत सिफारिस
माओवादीको केन्द्रीय कमिटी बैठक जारी
कर्णालीमा माओवादी र समाजवादी संसदीय दल एकीकरण
जेनजी आन्दोलनमाथि भएको दमनको छानबिनको माग गर्न अखिल क्रान्तिकारी चितवनद्वारा ८० हजार हस्ताक्षर
नेकपा र भीम रावल नेतृत्वको अभियानबिच ७ बुँदे सहमति (पत्रसहित)