काठमाडौँ । इरानमा आज आम निर्वाचन हुँदै छ । सन् २०२० को संसदीय चुनावपछि इरानले लगातार चुनौतीहरू सामना गरिरहेकाले यो चुनावलाई लोकतान्त्रिक सुधारको रूपमा हेरिएको छ । इरानको संसदको २९० सिटका लागि १५ हजारभन्दा बढी उम्मेदवारहरू चुनावी मैदानमा रहेका छन् ।
शिया मुस्लिमहरूको बाहुल्यता रहेको देशमा आजको निर्वाचनले त्यहाँको सर्वोच्च नेता चुन्ने छ जसले इरानको आगामी राजनीतिक भविष्य सुनिश्चित गर्ने ठानिएको छ । संसदमा पाँच सिट धार्मिक अल्पसङ्ख्यकका लागि आरक्षित छन् । संसदीय निर्वाचन बाहेक इरानका जनताले आज ८८ सिट भएको विज्ञहरूको सभाका लागि पनि मतदान गर्नेछन् । आठ वर्षको कार्यकालको यो प्यानलले अर्को सर्वोच्च नेता नियुक्त गर्नेछ । इरानको सर्वोच्च नेतामा अलि खामीनी रहेका छन् ।
प्रत्येक ४ वर्षमा हुने चुनावमा निर्वाचित हुनका लागि ५० प्रतिशत बढी मत ल्याउनु पर्ने व्यवस्था छ । पहिलो पटकमा कुनै पनि उम्मेदवारले ५० प्रतिशत मत पाउन असफल भएमा दोस्रो चरणमा शीर्ष २ बीच चुनाव हुन्छ ।
८.५ करोड जनसङ्ख्या भएको इरानमा ६.१२ करोडभन्दा बढी जनता बालिग मतदाताको रूपमा रहेका छन् । चुनावका लागि ५९ हजार मतदान केन्द्र तोकिएको छ भने तेहरानमा मात्रै ५ हजार मतदान केन्द्र स्थापना गरिएको छ । चुनावका लागि इरानमा साढे २ लाख सुरक्षाकर्मी परिचालन गरिएको छ ।
अल जजिराका अनुसार इरानी संसद्का सभामुख मोहम्मद बगेर गालिबाफ यस चुनावमा पुनः निर्वाचित हुने अपेक्षा गरिएको छ । उनले आफ्ना ३० जना सहकर्मीलाई भोट दिन आग्रह गरेका छन् । ६ जना महिला बाहेक यो सूचीमा रूढिवादी र कट्टरपन्थी उम्मेदवार पनि परेका छन् ।
त्यसैगरी, चरम कट्टरपन्थी उम्मेदवारहरू चुनाव जित्ने सम्भावना रहेको उल्लेख गरेको छ । सन् २०१५ मा उदारवादी राष्ट्रपति हसन रुहानीलाई अपदस्त गरेपछि इरानको संसद निकायमा रूढीवादी र कट्टरपन्थीहरूले कब्जा गरेका थिए । अहिलेका सभामुख मोहम्मद बगेर गालिबाफ इरानको राष्ट्रपति बन्ने लक्ष्यमा रहेका छन् ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
शुक्रबार, १८ फागुन २०८०, ११ : ३३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
न्यूजिल्यान्ड र इरानबीचको खेल बराबरीमा टुंगियो
अमेरिका-इरान शान्ति सम्झौतापछि कच्चा तेलको मूल्यमा भारी गिरावट
सर्तहरू पूरा नभए सम्म अन्तिम सम्झौतामा हस्ताक्षर नगर्ने इरानको चेतावनी
भारतीय जहाजमाथि अमेरिकी आक्रमण, तीन नाविकको मृत्यु भएपछि इरानको कडा प्रतिक्रिया
इरानद्वारा स्ट्रेट अफ हर्मुज पूर्णरूपमा बन्द गर्ने घोषणा
अमेरिकी हेलिकप्टर खसालेपछि इरानमाथि अमेरिकाको जवाफी आक्रमण