विराटनगर । मोरङको बेलवारी नगरपालिका-१ स्थित पूर्व-पश्चिम राजमार्गमा दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ। दुर्घटनामा अन्य दुई जना घाइते भएका छन्।प्रहरीका अनुसार शुक्रबार बिहान पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको प्रदेश १-०२-००१ ख ९६७६ नम्बरको टिपरले विपरीत दिशाबाट आउँदै गरेको बाग्मती प्रदेश ०३-००१ ख २७१८ नम्बरको बसलाई ठक्कर दिँदा टिपर अनियन्त्रित भई सोही दिशातर्फ आउँदै गरेको मे१ज २८५६ नम्बरको बोलेरो ठक्कर दिँदा दुर्घटना भएको हो।
मृत्यु हुनेमा बोलेरो चालक विर्तामोड नगरपालिका-२ झापाका ३६ वर्षीय कृष्ण गजुरेल, बोलेरोमा सवार कमल गाउँपालिका-२ का ५२ वर्षीय यदुकान्त भट्टराई र कमल गाउँपालिका-४ की ४४ वर्षीया दीपा खनाल छन्। उनीहरूको उपचारको क्रममा कोसी अस्पताल विराटनगरमा मृत्यु भएको मोरङ प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक रन्जनकुमार दाहालले बताए।
उक्त घटनामा घाइते भएका विर्तामोड-२ की ४८ वर्षीया गायत्री भट्टराई र विर्तामोड-४ का ४६ वर्षीय हरि खनालको न्युरो अस्पताल विराटनगरमा उपचार भइरहेको छ। प्रहरीले टिपर चालक सुन्दरहरैंचा नगरपालिका-७ मोरङका २३ वर्षीय चन्द्रकुमार विक र बसका चालक सुन्दरहरैंचा-१२ का ४५ वर्षीय छत्रकुमार मास्के नियन्त्रणमा लिएको छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, १८ फागुन २०८०, ११ : २१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
बर्दघाटमा बस पल्टिँदा १ जनाको मृत्यु, १३ घाइते
सवारी दुर्घटनामा उदयपुरमा १ जनाको मृत्यु
स्कारपियोसंग ठोक्किएर माइक्रो सडकमा पल्टिदा दुई जना घाइते
जर्मनीमा रेल दुर्घटना : तीन जनाको मृत्यु, कयौँ घाइते
सवारी दुर्घटनामा साइकलयात्रीको मृत्यु
बाजुरामा जिप दुर्घटना, २ जनाको घटनास्थलमै मृत्यु