विराटनगर । मोरङको बेलवारी नगरपालिका-१ स्थित पूर्व-पश्चिम राजमार्गमा दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ। दुर्घटनामा अन्य दुई जना घाइते भएका छन्।प्रहरीका अनुसार शुक्रबार बिहान पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको प्रदेश १-०२-००१ ख ९६७६ नम्बरको टिपरले विपरीत दिशाबाट आउँदै गरेको बाग्मती प्रदेश ०३-००१ ख २७१८ नम्बरको बसलाई ठक्कर दिँदा टिपर अनियन्त्रित भई सोही दिशातर्फ आउँदै गरेको मे१ज २८५६ नम्बरको बोलेरो ठक्कर दिँदा दुर्घटना भएको हो।
मृत्यु हुनेमा बोलेरो चालक विर्तामोड नगरपालिका-२ झापाका ३६ वर्षीय कृष्ण गजुरेल, बोलेरोमा सवार कमल गाउँपालिका-२ का ५२ वर्षीय यदुकान्त भट्टराई र कमल गाउँपालिका-४ की ४४ वर्षीया दीपा खनाल छन्। उनीहरूको उपचारको क्रममा कोसी अस्पताल विराटनगरमा मृत्यु भएको मोरङ प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक रन्जनकुमार दाहालले बताए।
उक्त घटनामा घाइते भएका विर्तामोड-२ की ४८ वर्षीया गायत्री भट्टराई र विर्तामोड-४ का ४६ वर्षीय हरि खनालको न्युरो अस्पताल विराटनगरमा उपचार भइरहेको छ। प्रहरीले टिपर चालक सुन्दरहरैंचा नगरपालिका-७ मोरङका २३ वर्षीय चन्द्रकुमार विक र बसका चालक सुन्दरहरैंचा-१२ का ४५ वर्षीय छत्रकुमार मास्के नियन्त्रणमा लिएको छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, १८ फागुन २०८०, ११ : २१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
‘ब्रेक फेल’ भएर क्रेन दुर्घटना, ६ जना घाइते
दाङमा ट्याङ्कर र कार ठोक्किँदा ५ जना घाइते
ट्रकमा मोटरसाइकल ठोक्किँदा एकको मृत्यु, एक घाइते
सुनसरीमा मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु, दुई घाइते
अछाममा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु, दुई घाइते
सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु