काठमाडौँ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज सुनको मूल्य तोलामा २०० रुपैयाँले बढेको जानकारी दिएको छ । महासंघले हिजो बुधबारको तुलनामा आज सुनको मूल्य बढेर कारोबारमा आएको जानकारी दिएको हो ।
यससँगै, आज छापावाल सुनको मूल्य तोलामा १ लाख १८ हजार ४०० र तेजाबी सुनको मूल्य तोलामा १ लाख १७ हजार ८५० रुपैयाँ कायम भएको छ । हिजो बुधबार छापावाल सुनको मूल्य तोलामा १ लाख १८ हजार २०० र तेजाबी सुनको मूल्य तोलामा १ लाख १७ हजार ६५० रुपैयाँ कायम थियो ।
सुनको मूल्य बढेर कारोबार आए पनि आज चाँदीको मूल्य भने स्थिर छ । महासंघका अनुसार हिजो बुधबारकै मूल्यमा आज चाँदीको कारोबार भएको हो । आज चाँदीको मूल्य तोलामा १३ सय ७५ रुपैयाँ छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, १७ फागुन २०८०, १० : ५३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सुनको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?
सुनको मूल्य तोलामा ५०० रुपैयाँ बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?
सुनको मूल्य बढ्यो, तोलामा कतिमा हुँदैछ कारोबार ?
सुनको मूल्य तोलामा १ लाख ९० हजार ५०० रुपैयाँ कायम
सुनको मूल्य बढ्यो, तोलामा कतिमा हुँदैछ कारोबार ?
सुनको मूल्य तोलामा ५ हजार ३०० रुपैयाँ बढ्यो