भरतपुर । देशभर प्रदर्शनमा आउने तयारीमा रहेको नेपाली चलचित्र मालती मङ्गलेको कलाकार तथा निर्माण टिम चितवन आइपुगेका छन् ।
चलचित्र पत्रकार संघ चितवनका अध्यक्ष गोविन्द अर्यालका अनुसार फिल्मका मुख्य कलाकार र निर्माण टिम चलचित्रको प्रचारप्रसारका लागि आइतबार चितवन आइपुगेको हो ।
कमलनगर स्थित होटल हेप्पी होममा गरिएको पत्रकारसँगको भेटघाट कार्यक्रममा बोल्दै गायक तथा नायक साथै निर्माण टिमका रामकृष्ण ढकालले चलचित्र यही बैशाख २५ गतेदेखि देशभर प्रदर्शनमा आउने जानकारी दिए । ढकालले चलचित्र विशुद्ध सामाजिक यथार्थमा आधारित रहेको बताउँदै हरेक घरको समस्यालाई उजागार गर्न खोजिएको बताए ।
उनका अनुसार चलचित्रले हाम्रो समाजमा भइरहेका वास्तविक घटना, सम्बन्धका उतारचढाव तथा भावनात्मक जटिलतालाई पर्दामा उतार्ने प्रयास गरिएको छ ।
चलचित्रमा विशेषगरी श्रीमान–श्रीमतीबीचको प्रेम, विश्वास, द्वन्द्व र पारिवारिक सम्बन्धको गहिरो पक्षलाई फिल्मले प्रस्तुत गरेको उनले भने ।
चलचित्र मालती मंगलेमा नायक विजय बराल ‘मंगले’ र वर्षा राउत ‘मालती’को भूमिका देखिने छन् । यस्तै हास्यव्यङ्ग्यबाट कला क्षेत्रमा प्रवेश गरेका मेक्सम गौड्याल पनि फरक भूमिकामा देखिँदैछन् भने यो उनको दोश्रो चलचित्र हो ।
रानी फ्लिम्सको ब्यानरमा निर्माण गरिएको मालती मंगलेमा रामकृष्ण ढकालको प्रस्तुति तथा लगानी रहेको छ । प्रकु पाण्डेय को निर्देशनमा बनेको यस चलचित्रका कार्यकारी निर्माता सागर ज्ञवाली हुन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २० बैशाख २०८३, २० : ४९
लेखकबाट थप