काठमाडौँ । नेपाली बजारमा आइतबार सुनको मूल्य तोलामा १ लाख ९० हजार ५०० रुपैयाँ कायम भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबारको तुलनामा छापावाल सुनको मूल्य ३०० रुपैयाँ घटेको हो ।
शुक्रबार छापावाल सुनको मूल्य तोलामा १ लाख ९० हजार ८०० रुपैयाँ कायम भएको थियो । यस्तै चाँदीको मूल्य भने बढेको छ । शुक्रबार तोलामा १ हजार ९६० रुपैयाँ कायम भएको चाँदीको मूल्य आइतबार बढेर १ हजार ९७० रुपैयाँ कायम भएको हो ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २८ बैशाख २०८२, ११ : १५
लेखकबाट थप