सुनको मूल्य बढ्यो, तोलामा कतिमा हुँदैछ कारोबार ?

सफल खबर संवाददाता

विहीबार, २५ बैशाख २०८२, १० : ४३
सुनको मूल्य बढ्यो, तोलामा कतिमा हुँदैछ कारोबार ?

काठमाडौँ । नेपाली बजारमा बिहीबार सुनको मूल्य सामान्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबारको तुलनामा छापावाल सुनको मूल्य तोलामा ६०० रुपैयाँ बढेको हो ।

महासंघका अनुसार बिहीबार सुनको मूल्य तोलामा १ लाख ९२ हजार २०० रुपैयाँ कायम भएको छ । बुधबार भने तोलामा १ लाख ९१ हजार ६०० रुपैयाँ कायम भएको थियो । 

यस्तै चाँदीको मूल्य भने घटेको छ । बुधबार तोलामा १ हजार ९६५ रुपैयाँ कायम भएको चाँदीको मूल्य बिहीबार घटेर तोलामा १ हजार ९५५ रुपैयाँ कायम भएको हो । 

प्रतिक्रिया दिनुहोस