झापा । झापाको मेचीनगर नगरपालिका–६ स्थितमा इलाका प्रहरी कार्यालय काँकडभिट्टा र लागू औषध नियन्त्रण ब्युरो काँकडभिट्टाबाट खटिएको संयुक्त प्रहरी टोलीले प्रतिबन्धित लागु औषध सहित ३ जनालाई नियन्त्रणमा लिएको छ ।
गोप्य सूचनाको आधारमा अर्जुनधारा नगरपालिका–१० कालिस्थान घर भई मेचीनगर नगरपालिका–६ मा डेरा गरी बस्ने वर्ष २६ का प्रकाश पौडेल, काठमाडौँका वर्ष ३० क ईश्वर आधिकारी र अर्जुनधारा नगरपालिकाका वर्ष २२ का पुजन तामाङलाई हिजो साँझ ७ः३० मा नियन्त्रणमा लिइएको हो ।
चेकजाँच गर्दा निजहरूको साथबाट प्रतिबन्धित लागु औषध खैरो हेरोइन ४७ ग्राम फेला परेको प्रहरीले जानकारी दियो । तिनै जनालाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय काँकडभिट्टामा राखी थप अनुसन्धान भई कार्य भइरहेको प्रहरीले जानकारी दिएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, १७ फागुन २०८०, १० : ०५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नेपाल प्रहरीका ३ सय ६४ जना असईको पदस्थापन
दिल्ली प्रहरीले बरामद गर्यो २० अर्ब भारुको कोकिन
प्रहरीमा एक एआईजी र पाँच डीआईजी पद रिक्त, दसैंअघि बढुवा नहुने
काठमाडौं प्रहरीको चाडपर्वमा सुरक्षा योजना : नाकामा ड्रोनमार्फत निगरानी
२४ प्रहरी कर्मचारी सम्पर्कविहीन, प्रधान कार्यालयले निकाल्यो सूचना
नेपाल प्रहरीका ४१ एसपीको सरुवा (सूचीसहित)