काठमाडौं। सरकार र मिटरब्याज पीडितबीचको वार्ता पनि निष्कर्षविहीन भएको छ। गृहमन्त्रालयका प्रवक्ता नारायण भट्टराई नेतृत्वमा मिटरब्याज पीडितको वार्ता समितिसँग बुधबार दिउँसो साढे २ घण्टा भएको वार्तामा कुनै निष्कर्ष निस्कन नसकेको हो । मंगलबार पनि करिब तीन घण्टा भएको वार्तामा कुनै सहमति भएको थिएन।
सरकारी टोलीले मंगलबार मिटरब्याजसँग सम्बन्धित जाँचबुझ आयोगका संयोजक गौरीबहादुर कार्की नेतृत्वको प्रतिवेदन सार्वजनिक गर्ने बचन दिए पनि हालसम्म सार्वजनिक नगरेको मिटरब्याज तथा ठगीविरुद्ध किसान मजदुर संघर्ष समिति नेपालका संयोजक तथा पीडित पक्षका वार्ता टोली संयोजक अवधेश कुशवाहले जानकारी दिए।
आफ्ना ६ बुँदे माग सरकारले बुझेको तर समाधान दिन नसकेको उनले बताए। बुधबार मात्र संसदीय समितिमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकारले चाहेर मात्र मिटरब्याजपीडितका समस्या समाधान गर्न नसक्ने भन्दै अदालती प्रक्रियाका कारण समस्या समाधान गर्न नसकिएको जवाफ दिएका थिए।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, १६ फागुन २०८०, १८ : ४८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
रास्वपाको जिल्ला अधिवेशनमा ‘नेपाल सरकार’ को लोगो प्रयोग
आगामी वर्ष १६ खर्ब राजस्व संकलन गर्ने सरकारको लक्ष्य
हरिनारायणको हिसाब : 'बजेटपछि झन् महँगो हुँदै गएको जीवन'
सरकारको ‘मेरिट’ नियुक्ति माथि प्रश्न : पिएसबी अध्यक्षमा हिजो आवेदन आह्वान, आजै सूचना रद्द, कसका लागि तयार हुँदैछ नियुक्ति प्रक्रिया ?
सरकार र अधिकारकर्मी रूबी खानबीच ५ बुँदे सहमति
सरकारको नीति तथा कार्यक्रम दिशाहीन रहेको एमालेको टिप्पणी