काठमाडौं । काठमाडौंको थापाथलीस्थित परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालको कम्पाउन्डबाट शिशु चोरेको आरोपमा ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा दैलेख नौमुले गाउँपालिका–१, घर भई काठमाडौंको काँडाघारी बस्ने २४ वर्षीया मनकुमारी सिंहसहित उनका श्रीमान् र दिदी रहेका छन् ।
घटना अनुसन्धानका लागि उनका श्रीमान् २८ वर्षीय नरेन्द्र मल्ल र दिदी शारदा शाहीलाई पनि नियन्त्रणमा लिइएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।
प्रहरीका अनुसार शिशुसहित उनीहरूलाई शुक्रबार राति काँडाघारीबाट पक्राउ गरिएको हो ।
शुक्रबार दिउँसो १२ बजे प्रसूतिगृहमा फलोअप उपचारमा ल्याइएकी २६ दिने शिशुलाई लाइनमा उभिएकी एकजना महिलाले लिएर गायब भएकी थिइन् ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, १२ फागुन २०८०, १० : ११
लेखकबाट थप
सम्बन्धित समाचारहरु
बैंकिङ कसुरमा वडाध्यक्ष महतो पक्राउ
नक्कली लाइसेन्स बोकेर १७ वर्षसम्म विमान उडाउने पाइलट वाल पक्राउ
जेन जेड आन्दोलनमा नख्खु कारागारबाट फरार कैदी म्याग्दीबाट पक्राउ
चितवनमा विभिन्न मुद्दाका १५ जना फरार प्रतिवादी पक्राउ
चेक अनादर मुद्दामा ग्रेटर नेपाल अभियन्ता फणिन्द्र नेपाल पक्राउ
७ लाख ९५ हजार भारतीय रुपैयाँसहित एक जना पक्राउ