काठमाडौँ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले सर्वोच्च अदालतमा लिखित जवाफ पेस गरेका छन् ।
शैक्षिक योग्यता सम्बन्धी मुद्दा खेपिरहेका अधिकारीले राष्ट्र बैंकको उच्चस्तरको व्यवस्थापकीय जिम्मेवारीहरूमा रही बैंकको गभर्नरसरहकै योग्यता रहेको र डेपुटी गभर्नर पदमा नियुक्त भई बैंकको सञ्चालकको जिम्मेवारीमा रहेको दाबी गरेका छन् ।
त्रिभुवन विश्वविद्यालयबाट सन १९८८ मा वाणिज्य प्रशासनमा स्नातक र सन् १९९३ मा भारतबाट चार्टर्ड एकाउन्टेन्ट उत्तीर्ण गरेकाले गभर्नर हुने योग्यता पुगेको उनको जवाफमा उल्लेख छ ।
राष्ट्र बैङ्कको गभर्नर हुन योग्यता नपुगेको भन्दै अधिवक्ता दीपकराज जोशी, प्रतापसिंह ठकुराठी, दामोदर तिम्सिना र चूडामणि भण्डारीले गत वर्ष पुस १२ गते सर्वोच्चमा रिट दिएका थिए, भट्टराईसहित मन्त्रिपरिषद्, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई विपक्षी बनाइएको रिटमाथि यही फागुन २१ गते सर्वोच्चमा सुनुवाइ हुँदै छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ११ फागुन २०८०, २१ : १४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
लगानीकर्ताहरूले सेयर बजार सुधार्न गभर्नरलाई भेटेर दिए ६ सुझाव
बैंकिङ क्षेत्र सुधार कार्यदलले गभर्नरलाई बुझायो प्रतिवेदन
अर्थतन्त्रलाई गतिशील बनाउन मौद्रिक नीतिको कार्यदिशा सजगतापूर्वक लचिलो बनाएको छौँ : गभर्नर पौडेल
गभर्नर पौडेलले घटाए नीतिगत दर, ४.५ प्रतिशत कायम
नेपाल राष्ट्र बैङ्कले गर्यो बैङ्किङ क्षेत्र सुधार सुझाव कार्यदल गठन
गभर्नर नियुक्तिविरुद्धको रिटमा आज अन्तरिम आदेशका लागि सुनुवाइ