काठमाडौ । नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ र नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन ‘अनन्त’बीच बालुवाटारमा भेट भएको छ।
शुक्रबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा दुई कम्युनिस्ट नेताबीच भेट भएको हो।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गर्न गएका बेला दुई नेता विप्लव र पुनबीच भेट भएको पुनको सचिवालयले जनाएको छ।
पूर्वमन्त्रीसमेत रहेका माओवादी नेता पुन चीनमा उपचार गरी नेपाल फर्किएपछि विप्लवसँग पुनको भेट भएको पुनको सचिवालयले जनाएको छ।
हाल विप्लव नेकपा माओवादीसहित चार दल सम्मिलित समाजवादी मोर्चाका संयाेजक छन्।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ११ फागुन २०८०, १० : २७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
रास्वपा महाधिवेशनमा नेकपाबाट वर्षमान पुन जाने
संविधान संशोधनका नाममा जनताको अधिकार खोस्ने कोसिस देखियो : वर्षमान पुन
बजेटमा महत्वाकांक्षा धेरै, स्रोत र कार्यान्वयनमा गम्भीर प्रश्न : वर्षमान पुन
सामाजिक सञ्जालबाट आएको शक्ति चाँडै कोल्याप्स हुन्छ: वर्षमान पुन
सम्पती छानविन आयोग प्रधानमन्त्री कार्यालय मातहत राख्ने कुरा आपत्तिजनक छः वर्षमान पुन
संसदीय समितिमा सञ्चार माध्यमको पहुँच रोक्न नहुने वर्षमान पुनको धारणा