काठमाडौं। एकदिवसीय सिरिजको तेस्रो तथा निर्णायक खेलमा नेपाल ए ले क्यानडा-११ लाई जितका लागि १ सय ८२ रनको लक्ष्य दिएको छ । बिहीबार बिहान मुलपानी क्रिकेट मैदानमा पहिले ब्याटिङको निम्तो पाएको नेपालले ४७ औं ओभरमा अलआउट हुँदै १ ८१ रनमात्रै जोडेको हो । नेपालका कुनै पनि ब्याटरले ३० रन कटाउन सकेनन् ।
पहिलो विकेटका लागि ५४ रनको साझेदारी पाएको नेपालका लागि सर्वाधिक साझेदारी नै त्यहि रह्यो । ब्याटरहरुले राम्रो सुरुवात पाएपनि त्यसलाई ठूलो स्कोरमा बदल्न सकेनन् ।ओपनर आशुतोष ४३ बलमा २८ रन जोडे । शेर मल्ल खाता नखोली आउट भए । अर्जुन कुमालले ५३ बलमा २ चौकासहित २७ रन जोडे ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, १० फागुन २०८०, १३ : ०१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
अफगानिस्तानसँगको रोमाञ्चक खेलमा नेपाल एक रनले पराजित
क्रिकेट खेल्न गएका बालक पोखरीमा बिलाए
पीएम कप क्रिकेटमा आज दुई खेल हुँदै
क्रिकेट खेलाडी ऐरीलाई गृहनगरमा सम्मान
गुप्तिलले लिए अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास
प्रधानमन्त्री कप महिला क्रिकेट आजदेखि