काठमाडौँ । संयुक्त राष्ट्रसङ्घको आव्हानमा शान्ति स्थापना कार्यको लागि सेन्ट्रल अफ्रिकन रिपब्लिकमा तैनाथ नेपाली सैनिकहरूको अदलीबदली गरिएको छ ।
श्री भवानीबक्स गण (शा.से.), पाँचौं डफ्फालाई बदली गर्नको लागि श्री दि फेमश महिन्द्रदल गण (शा.से.), छैठौं डफ्फाका ११७ जना नेपाली शान्ति सैनिकहरू सेनानी दीपेश राना मगरको नेतृत्वमा यूएन चार्टर्ड विमानमार्फत बुधबार काठमाडौँबाट मिसन इलाका प्रस्थान गरेका हुन् ।
सो मिसनमा कार्यरत रही आफ्नो कार्यकाल सम्पन्न गरेका ११६ जना नेपाली शान्ति सैनिकहरू सेनानी आदित्य कार्कीको नेतृत्वमा मंगलबार स्वदेश फर्किएका थिए । हाल उक्त मिसनमा नेपाली सेनाका १२४१ जना शान्ति सैनिकहरू कार्यरत छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, १० फागुन २०८०, १२ : ४७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
यूएईको जेलमा रहेका १२० नेपालीलाई आममाफी
साउदीले ६५ जना नेपालीलाई दियो आममाफी
युएईको जेलमा रहेका १२० नेपालीले पाए आममाफी
इरानबाट ६ नेपाली दिल्ली हुँदै नेपाल फर्किए
इजरायलबाट स्वदेश फर्किन इच्छुक नेपालीको नामावली संकलन सुरु
यूएईमा नेपालीले मादक पदार्थ खाएर झगडा गर्न थालेपछि दूतावासले गरायो सचेत