काठमाडौँ । नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले ओखलढुङ्गा चिसंखुगढी ३ बस्ने यमबहादुर श्रेष्ठका छोरा भुवन श्रेष्ठ र धादिङ निवासी पहलमान मगर ५ वर्षदेखि दुबईको जेलमा रहेको बताउँदै उनीहरूलाई छुटाउन सरकारको ध्यानाकर्षण गराएका छन् ।
बिहीबार प्रतिनिधि सभा बैठकको शून्य समयमा बोल्दै उनले नवलपरासीको आफ्नो साथी बाबुराम आलेलाई अस्पताल लैजाँदै गर्दा उनको मृत्यु भएपछि सो अभियोगमा ५० लाख ब्लडमनिका कारणले उनीहरू जेलमा रहेको बताए । ब्लडमनि ५० लाखका दरले नदिए उनीहरूलाई यही महिनामा मृत्युदण्ड दिने युएई सरकारले घोषणा गरेको खतिवडाले बताए ।
सांसद खतिवडाले सरकारलाई भुवन श्रेष्ठ र पहलमान थापालाई ब्लडमनि तिरेर स्वदेशमा ल्याउने पहल गर्न आग्रह गरे । उनले प्रधानमन्त्री र परराष्ट्रमन्त्रीलाई त्यसका लागि पहल गर्न ध्यानाकर्षण गराए । यस्तै हमासले अपहरण गरेका विपिन जोशीको अवस्था के छ त्यसबारे सदनलाई जानकारी गराउन पनि उनले माग गरे ।
रसिया युक्रेन युद्धमा नेपालीहरू मारिने अवस्था रहेकोले उनीहरूलाई सुरक्षित रूपमा नेपाल ल्याउने वातावरण मिलाउन समेत खतिवडाले सरकारसमक्ष आग्रह गरे ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, १० फागुन २०८०, १२ : ३४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
संसदीय सुनुवाइ समितिको सभापतिमा रामहरि खतिवडाले दिए उम्मेदवारी
कांग्रेसले संसदीय सुनुवाइ समितिको सभापति रामहरि खतिवडालाई बनाउने
सुनुवाइ समितिमा रामहरि खतिवडालाई लैजाने तयारी
रामहरि खतिवडाले सभामुखलाई बुझाए राजीनामा
रामहरि खतिवडालाई राजीनामा दिन लगाउने काँग्रेसको तयारी
संसदमा ठूलो ड्रोन कहाँबाट आएर खस्यो ? भन्दै रामहरि खतिवडाको प्रश्न