इयुको सहयोगमा ग्रीनशिफ्ट परियोजना सञ्चालन

सफल खबर संवाददाता

बुधबार, ०९ फागुन २०८०, १६ : ४१
इयुको सहयोगमा ग्रीनशिफ्ट परियोजना सञ्चालन

काठमाडौँ । इयुको सहयोगमा नेपालका विभिन्न स्थानीय तहमा ग्रिन सिफ्ट परियोजनाको  सञ्चालन हुने भएको छ । सो परियोजनाको आज एक कार्यक्रमका बिच चितवनमा शुभारम्भ गरिएको छ ।बागमती प्रदेशका वन तथा वातावरण मन्त्री मसिना खड्का र इयुका सहकारिता उप प्रमुख इलोइसा अस्टुडिलोले संयुक्त रूपमा सो परियोजनाको शुभारम्भ गरेको हो ।

इयुको सहयोगमा क्रिएसन नेपालले सञ्चालन गर्ने सो ग्रीनसिफ्ट परियोजना बागमती, मधेस र लुम्बिनी प्रदेशका ३–३ वटा स्थानीय तहमा सञ्चालन हुने बताइएको छ । सो परियोजना चार वर्षसम्म सञ्चालन हुने बताइएको छ ।

वाग्मती प्रदेशका वन तथा वातावरण मन्त्री मसिना खड्काले नेपालमा फोहोर मैला व्यवस्थापन र फोहोर मैला मजदुरको समस्या समाधानका लागि यो परियोजना कोसेढुङ्गा साबित हुने बताए । परियोजनालाई कार्यान्वयन गर्न बागमती प्रदेश सरकारले पूर्ण रूपमा सहयोग गर्ने उनले बताइन् ।

इयुको सहकारिता उपप्रमुख इलोइसा अस्टुडिलोले प्लास्टिक फोहोरको परिक्रमा प्रवर्द्धन गर्न युवाको जीवन शक्तिलाई सदुपयोग गर्नुपर्ने विषयमा जोड दिइन् । ‘यो परियोजना युरोपेली सङ्घको प्राथमिकताको विषय हो, चार वर्षको अवधिमा सञ्चालित परियोजनाबाट रूपान्तरणका प्रयासहरू देख्न म आतुर छु’ उनले भनिन् ।

माओवादी केन्द्रका नेता एवम् पूर्व मन्त्री गणेश साहले यो परियोजनाले वातावरणको क्षेत्रमा सकारात्मक परिणाम ल्याउनेमा आफू विश्वस्त रहेको बताए । क्रिएशनका संस्थापक तथा अध्यक्ष आनन्द मिश्रले यस परियोजनाबाट सकारात्मक परिणाम ल्याउन आफ्नो टिमले कुनै कसर बाँकी नराख्ने बताए । 

 

प्रतिक्रिया दिनुहोस