कब्जियत के हो ? कसलाई, किन हुन्छ ? यस्तो छ उपचार

मंगलबार, ११ पुस २०७४, ११ : ५२
कब्जियत के हो ? कसलाई, किन हुन्छ ? यस्तो छ उपचार

दिसा निष्कासनको स्वभाविक आवृतिमा विलम्ब हुनु, नियमित रूपले दिसा गर्न नसकी बल प्रयोग गर्नुपर्ने अवस्था आउनु वा दैनिक एकपटक पनि दिसा गर्न नसकेको अवस्थालाई कब्जियत भनिन्छ।

भोक लागेको बेला नखाने, आवश्यक भन्दा ज्यादा खाने, गरिष्ठ भोजन, मसिनो मिठो, तारे भुटेको, पचाउन कठिन,जंकफूड, बट्टाबन्द र संरक्षित खाद्यान्न खाइरहनेहरुलाई पाचन सम्बन्धी समस्या हुन्छ । यहि समस्याले पछि कब्जियत निम्त्याउँछ ।

अस्वस्थ्यकर वा अपच खानेकुरा सेवन गर्ने, शारीरिक रुपमा निस्क्रिय बस्ने, तनावपूर्ण जीवन जिउनेहरुलाई कब्जियत हुनसक्छ । साथै पेनकिलर, नार्काेटिक्स र दिमागलाई लठ्याउने औषधि खानेहरुमा कब्जियतको जोखिम हुन्छ ।

लक्षण
दिसा त्यागको प्राकृतिक आवृत्तिमा विलम्ब हुनु,
दिसा त्याग गर्न बल लगाउनुपर्ने अवस्था आउनु,
दिसा कोमल नभएर गोटा पर्नु,
पेट भारी हुनु वा दुख्नु, भोक नलाग्नु मुख बिग्रिनु,
रिंगटा लाग्नु, तिघ्राको पछाडिपट्टिको मांशपेशी दुख्नु, टाउको दुख्नु छात्ती पोल्नु र थाकेको महसुस हुनु

के हुन्छ ?
कब्जियत सामान्य, अहत्वपूर्ण तथा बहुु प्रचलीत रोग भएतापनि यो रोग कयौ रोगहरुको कारण हो । पूर्वीय स्वास्थ्य विज्ञानमा कब्जियतलाई भवावही रोगहरुको जननी मानीएको छ ।
कब्जियत हुँदा लामो समयसम्म मल आन्द्रामा नै रही रहने भएकाले आन्द्रा भित्रै मल सडेर कुपित हुन पुुग्छ । यसरी अनकौ लामो समय सम्म आन्द्रामा मल रहीरहँदा आन्द्रा भित्रै विषक्त पदार्थहरु बन्न पुुग्छ ।

यी विषात पदार्थहरु आन्द्राबाटै अवसोषित भएर रगतको माध्यमबाट शरीरको विभिन्न अंगहरुमा पुुग्छन् । फलतः अंगहरुमा विषक्तता बढ्न गइ महत्वूूर्ण अंगहरुको कार्य क्षमतामा कमी आउदा अनेक प्रकारका रोगहरु पैदा हुन जान्छन् ।

पूर्वीय स्वास्थ्य विज्ञानहरुको मत अनुुसार कब्जियतका कारणले उच्च तथा निम्न रक्तचाप, मधुमेह, मोटोपन, ग्याष्ट्रिक, अल्सर, आन्द्रा तथा पेटको क्यान्सर, इरिटेवल ववेल सिन्ड्राम, एसिडीटी, एपेन्डीसाईटिस, अपच, गुद्वार खस्नु,  डकार आउनु, चाया, पोतो, डण्डीफोर जस्ता समस्या देखापर्न सक्छ ।

के छ उपचार ?
विशेष रोगावस्था भएकाहरुले रोगको उचित निदान गरेर रोग निर्मुल पार्नेतिर लागांै । गलत आहार विहार र जीवनशैली भएकाहरुले प्राकृतिक जीवनशैली अपनाउन नितान्त जरुरी छ । प्राकृतिक उपचार पद्धतिको मुख्य अंग भोजन ब्यायम र जीवन शैली सुधार हो ।

कस्तो खाने ?
तारेभुटेको, बट्टा र बोतल बन्द खाद्य पदार्थ, मैदाका परिकार खानु हुनुहुँदैन । ताजा फलफुल सेवन गरौ । खासगरी मौसमी फलफूल । अंकुरित मुंग र मेथीहरु मौसमी तरकारीहरु लाई समावेस गर्ने ।

ठोस भोजन दिनको दुई पल्ट मात्रै लिने गरौ विहानको भोजनमा रातो चामल वा मकैको भात, गहँुको वा मकैको पिठोको रोटी, काउली बन्दा तोरई र वेथेको सागको विषेश समायोजन होस् । मास खेसरी बाहेक बोक्रै सित पकाएको दालले पनि कब्जियतमा फाईदा पुर्‍याउँछ ।
बेलुकाको भोजनमा अन्नको सहभागीता नभएको राम्रो हो । सब्जी तथा तरकारीको सुप वा २५० ग्राम उमालेको तरकारिसँग ताजा मोहि मात्र खादा कब्जियतमा राम्रो गर्छ ।

माछा, मासु अन्डा, घ्यू, पनिर, मख्खन र मैदाबाट बनेका बस्तुहरुमा पहरेज गर्नुपर्छ । केरा, स्याउ, अंगुर, लिचि जस्ता फलले कब्जियतमा राम्रो गर्दैन । आलु, पिँडालु, तरुल, सुठुनि, भन्टा, चुकन्दर ओल, राजमा, सेतो चना, मास, भटमास, जस्ता सब्ज्ाी तथा दलहन सकभर नखानु नभएपनि बेलुका खान हुँदैन ।

सावधानीहरु
१. राती चाँडै सुत्ने बिहान ब्रहृम मूर्हत -घाम झुल्किनु भन्दा ९६ मिनेट अगाडि देखि घाम झुल्किदा सम्मको समय-भित्र उठी सक्ने । उठ्ने बित्तिकै १ लिटर जती मन तातो पानी पुउने बानीले कब्जियत नियन्त्रणमा सहयोग पुर्‍याउँछ ।
२. दैनिक ३० मिनेटको व्यामलाई जीवनशैलीको अभिन्न अंग बनाऔँ । अंग व्यायम, रिढ व्याययम, शिथिलिकरण व्याययम, प्रातःभ्रमण जस्ता व्याययमले शरीर तथा पाचन प्रणालीलाई मजवुद राख्न सहयोग पुर्‍याउँछ ।

३. भोजनको समय निश्चित गरी नियमित उसै समयमा भोजन गर्ने गरौँ । रातीको भोजन सकभर सुुर्यअस्त आसपासको समयमा होस् । भोजनको लगतै सुत्ने बानी कब्जियतको मुख्य कारण मध्य एक हो । भोजन गर्दा खुुब चपाई चपाई खाने गरौ । भोजनको समयमा बातचित गर्ने, उठी उठी बा टिभी, कम्प्युुटर अथवा मोबाइलमा ब्यस्त रहेर भोजन गर्नेहरुमा कब्जियत ज्यादा पाइएको छ ।

४. कुुटाइमा कचर पचर खाइ रहने बानी भए त्यागौ ।

५. खानामा मौसमी तथा क्षेत्रीय -लोकल- अन्न तथा सागसब्जिहरुको बिशेष समायोजन होस् । कच्चा सागसब्जि, सलाद तथा रेसादार फलफूलहरुको समायोजनले कब्जियत नियन्त्रण गर्न विशेष सहयोग गर्दछ ।

६. मल त्यागको समयमा मनलाई पूर्ण रुपमा मल त्याग गर्नमा नै लगाऔ । शौचालयमा बसेर अखबार पढ्ने, गीत संगीत सुन्ने तथा अन्य विषय सोच्ने गर्दा मस्तिस्किले मल त्याग सम्बन्धि सूचना सम्बन्धित अंगहरुलाई दिने बिलम्ब गर्ने हुुँदा कब्जीयत हुने सम्भावन रहन्छ ।

७. दिसा आउँदा रोकेर राख्नु हुदैंन र दिसा लाग्ने बित्तिकै तुरुन्तै सबै काम छाडेर दिसा जानुपर्दछ ।

८. कब्जीयतका उपयुक्त लक्षण देखिएमा समयमै चिकित्सकको उचित परामर्स लिई रोगको निदान गर्न तिर लागौं ।

प्रतिक्रिया दिनुहोस