काठमाडौं । आजबाट नेपाली कांग्रेसको महासमिति बैठक सुरू हुदैँछ ।
गोदावरी सनराइज, ललितपुरमा आजबाट सुरू हुने महासमिति बैठकमा दिउँसो १ बजेबाट सुरू हुनेछ । सो महासमिति बैठकको उदघाटन सभापति शेरबहादुर देउवाले गर्नेछन ।
आजवाट सुरू हुने महासमिति बैठकमा १ सय ६५ केन्द्रीय पदाधिकारी तथा सदस्यसहित १ हजार ७ सय ८० महासमिति सदस्य, नेपाली जनसम्पर्क समितिका ८९ जना, भातृ तथा शुभेच्छुक संस्थाहरूबाट ६९ जना, महासमितिका सदस्य नरहेका प्रदेश सभापति, जिल्ला सभापति र भ्रातृ सङ्घ तथा शुभेच्छुक संस्थाका केन्द्रीय अध्यक्षहरूको उपस्थिति रहने छ ।
प्रचार बिभाग प्रमुख मिनबहादुर विश्वकर्माका अनुसार गत फागुन ४ को केन्द्रीय कार्यसमिति बैठकमा प्रस्तुत भइ अनुमोदित भएका नीति तथा कार्यक्रम, सांगठनिक प्रतिवेदन, समसामयिक राजनीतिक प्रस्ताव, नेपालको वर्तमान आर्थिक अवस्था, चुनौती र सम्भावना र लेखापरीक्षण प्रतिवेदनलगायत पेस हुने भएका छन ।
यसरी प्रस्तुत भएका प्रतिवेदन माथी समुहगत छलफल गरी बैठकबाट निष्कर्ष निकालिने भएको छ । बैठक फागुन १० गतेसम्म चल्नेछ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ०७ फागुन २०८०, ०७ : २५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आजपनि बस्दै
काँग्रेसमा नियमित महाधिवेशन पक्षधरले पनि काठमाडौँमा भेला आयोजना गर्दै
कांग्रेस केन्द्रीय समिति बैठक आजपनि बस्दै
काँग्रेस संस्थापन पक्षका केन्द्रीय सदस्यहरूको छुट्टै भेला सुरु
काँग्रेस केन्द्रीय समिति बैठक आज अन्तिम समयमा आएर स्थगित
कांग्रेस केन्द्रीय समिति बैठक आज, महाधिवेशनबारे छलफल