भारतीय नागरिकलाई अमेरिका पठाउने नाममा काठमाडौंमा बन्धक, ९ जना पक्राउ

सफल खबर संवाददाता

विहीबार, ०३ फागुन २०८०, १६ : ४२
भारतीय नागरिकलाई अमेरिका पठाउने नाममा काठमाडौंमा बन्धक, ९ जना पक्राउ

काठमाडौं । अमेरिका लैजाने भन्दै काठमाडौंमा ल्याएर बन्धक बनाइएका ११ जना भारतीयलाई प्रहरीले उद्धार गरेको छ । उनीहरुलाई मेक्सिको हुँदै अमेरिका लैजान काठमाडौंमा राखिएको अवस्थामा प्रहरीले उद्धार गरेको हो ।

प्रहरीका अनुसार भारतीयसँग ४० देखि ४५ लाख भारतीय रुपैयाँ लिएर अमेरिका लैजाने भन्दै काठमाडौंमा बन्धक बनाइएको काठमाडौं प्रहरी प्रमुख भुपेन्द्र खत्रीले भने ।

प्रहरीले ७ जनालाई पक्राउ गरेको छ । बन्धक बनाइएकालाई मेक्सिकोमा राखिएको जसरी उनीहरुका परिवारसँग पैसा मागिएको प्रहरीको दाबी छ । पक्राउ पर्नेमा भारतको महिपालपुरका ५४ वर्षीय अब्दुल रहिम, पन्जावका मनिषकुमार मल्होत्रा, मध्यप्रदेशका ३० वर्षीय रवि मेवादे, राजस्थानका ४८ वर्षीया रामचन्द्र शर्मा रहेका छन् । प्रहरीले उनीहरुको साथबाट नक्कली रबर स्टाम्प, बोर्डिङ पास पनि बरामद गरेको छ ।

पीडितहरुलाई गिरोहले यातना दिएर पैसा उठाउने गरेको पाइएको छ । एसएसपी खत्रीका अनुसार गिरोहले मेक्सिकोमा रहेको देखाउन प्रविधिको दुरुपयोग गरेको पनि पाइएको छ ।

प्रतिक्रिया दिनुहोस