काठमाडौँ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज बिहीबार सुनको मूल्य स्थिर रहेर कारोबार सुरु भएको जनाएको छ । महासंघले हिजो बुधबारकै मूल्यमा आज सुनको कारोबार सुरु भएको जानकारी दिएको हो ।
हिजो बुधबार छापावाल सुनको मूल्य तोलामा १ लाख १६ हजार ५०० र तेजावी सुनको मूल्य तोलामा १ लाख १५ हजार ९५० रुपैयाँ कायम थियो । आज सोही मूल्यमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
हिजो बुधबार भने सुनको मूल्य घटेर कारोबार सुरु भएको थियो । हिजो बुधबार एकै दिन सुनको मूल्य तोलामा १२ सय रुपैयाँले घटेको थियो । सुनको मूल्य स्थिर कायम भएपनि आज चाँदीको भने बढेको छ ।
महासंघका अनुसार आज चाँदीको मूल्य तोलामा १० रुपैयाँले बढेको हो । यससँगै, हिजो तोलामा १३ सय ६५ रुपैयाँ रहेको चाँदीको मूल्य आज १३ सय ७५ रुपैयाँ कायम भएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०३ फागुन २०८०, ११ : ०४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सुनको मूल्य स्थिर, कतिमा हुँदैछ कारोबार ?
साताको सुन बजार : प्रतितोला १८ सय रुपैयाँले घट्यो मुल्य
सुनको मूल्य स्थिर, कतिमा हुदैँछ कारोबार ?
बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?
यो साता २१ सयले घट्यो सुनको मूल्य, चाँदी पनि ओरालो
सुनचाँदीको मूल्य बढ्यो, कति पुग्यो तोलाको?