काठमाडौँ । उपराष्ट्रपति रामसहायप्रसाद यादवले दक्षता, सीप र कौशलमा प्राज्ञ उत्कृष्टता हासिल गर्दै विद्यार्थीले समुदाय, समाज र देशको हितमा खोज गर्दै अघि बढ्नुपर्ने बताएका छन्। मुलुकको सुनौलो भविष्य निर्माण गर्न शिक्षाले महत्त्वपूर्ण भूमिका निर्वाह गरेको उनले उल्लेख गरे ।
वसन्त पञ्चमी तथा सरस्वती पूजाका अवसरमा आज नेपाल तराई विद्यार्थी नवजागरण सङ्घले पुल्चोक इन्जिनियरिङ क्याम्पसमा आयोजना गरेको सरस्वती पूजा कार्यक्रममा उपराष्ट्रपति यादवले नेपालको सन्दर्भमा इन्जिनियरिङ शिक्षाको महत्त्व र उपादेयता अझै बढी रहेको बताए । शिक्षासँगै अटल समर्पण, त्याग र तपस्या पनि उत्तिकै आवश्यक भएको उनको भनाइ थियो ।
वसन्त पञ्चमी तथा सरस्वती पूजाले सम्पूर्ण विद्यार्थीमा आपसी मेलमिलाप, भाइचारा, सदाचार, मैत्रीभाव र वन्धुत्वभावका साथ समाज तथा देशको सेवाका लागि दत्तचित्त भई सदैव अग्रसर हुन उत्प्रेरित गर्न सकोस् भनी उपराष्ट्रपति यादवले कामना गरे ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०२ फागुन २०८०, १९ : ५४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
‘नेपाल सम्वतले भाइचाराको संस्कृतिलाई जीवन्त राखेको छ’: उपराष्ट्रपति यादव
‘नियमित हात धुनु कुपोषण न्यूनीकरणमा सहायक’: उपराष्ट्रपति यादव
‘ज्येष्ठ नागरिकलाई ‘बोझ’ होइन, ‘बोध’ को स्रोत मान्न सक्नुपर्दछ’: उपराष्ट्रपति यादव
‘संविधान कार्यान्वयनका लागि थप सहकार्य आवश्यक’ : उपराष्ट्रपति यादव
श्रीकृष्णको जीवन गहिरो आध्यात्मिक ज्ञानको स्रोत : उपराष्ट्रपति यादव
नेपाली पर्वहरूले समानताको सन्देश प्रवाह गर्दै आएका छन् : उपराष्ट्रपति यादव