धनकुटा । धनकुटाको साँगुरीगढी गाउँपालिका–६ भेडेटार चोकबाट अवैध लागूऔषध गाँजा करिब ५ सय ९४ किलोसहित ४ जनालाई गए राति प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेहरूमा भारत अररिया वतना गाँउ-१ बस्ने ४४ वर्षीय नईम खान, भारत अररिया विहार बस्ने १८ वर्षीय किशोर, भारत अररिया कलियागञ्ज बस्ने ७० वर्षीय लखन महत्तो र मोरङ रंगेली नगरपालिका(७ बस्ने ७० वर्षीय गयानन्द मण्डल रहेका छन् ।
इलाका प्रहरी कार्यालय भेडेटारबाट खटिएको प्रहरीले मुलघाटदेखि विराटनगरतर्फ जाँदै गरेको को।१ ख ७३२२ नम्बरको डिजेल-पेट्रोल बोक्ने ट्याङकरलाई जाँच गर्ने क्रममा ट्याङ्करको बिचको डिब्बा (केल) भित्र लुकाई छिपाई राखेको उक्त परिमाणको गाँजा फेला पारी ट्याङ्करमा सवार उनीहरूलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको प्रकरीले जानकारी दिएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०२ फागुन २०८०, १२ : १२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
३ केजी ४३५ ग्राम लागू औषधसहित थाई नागरिक पक्राउ
डोल्पामा जडीबुटीसहित चार जना पक्राउ
भरूवा बन्दुक सहित एक जना पक्राउ
लागुऔषध सहित सात जना पक्राउ
राप्ती नदीमा अनुमतिविना माछा मार्ने पक्राउ
टिकटकबाट ठगी गरेको आरोपमा युवक पक्राउ