काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले लुम्बिनी विकास गुरुयोजनामा दबाब यात्रा गरेको छ। रास्वपाले लुम्बिनी संस्कृति नगरपालिका — ७ स्थिति १२ नम्बर गेटबाट बुधवार बिहान १० बजे दबाब यात्रा सुरु गरेको हो।
पार्टी सभापति रवि लामिछाने, सांसद लक्ष्मी तिवारीसहित रास्वपा लुम्बिनी प्रदेशका नेता कार्यकर्ता दबाब यात्रामा सहभागी छन् । २०७७ सालमा ७.५ अर्बको स्रोत सुनिश्चितता भएको तर पहुँच मार्ग बनाउने ठेक्का बजेट विनियोजन नहुँदा अलपत्र परेपछि दबाब यात्रा गरिएको रास्वपाले जनाएको छ।
सन् १९७८देखि सुरु भएको यो अवधारणाअनुरूप अहिलेसम्म काम हुन नसकेको भन्दै रास्वपाले दबाब यात्रा थालेको छ । रास्वपाले सातै प्रदेशका तीन—तीन वटा अलपत्र विकास आयोजना निर्माण पूरा गर्न दबाब यात्रा गरिरहेको छ।
यसअघि पुस ९, १०, ११ गते नारायणगढ—बुटवल सडक खण्डमा रास्वपाले दबाब यात्रा गरेको थियो। यस्तै माघ २१ गते राष्ट्रिय गौरवको आयोजना मेलम्चीमा पनि दबाब यात्रा गरेको थियो। रास्वपाका २१ सांसदले २१ वटा निर्माणाधीन परियोजना चाँडो सम्पन्न गर्न राष्ट्रिय दबाब अभियान चलाएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०२ फागुन २०८०, ११ : ४९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
रास्वपाको नवनिर्वाचित केन्द्रीय समितिको पहिलो बैठक सुरु
रास्वपाका नवनिर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यहरूको शपथ आज
रास्वपाका पदाधिकारी र केन्द्रीय सदस्यको शपथ बुधबार हुने
रास्वपाका पदाधिकारी र केन्द्रीय सदस्यको शपथ बुधबार
रास्वपाले ३५ हजारभन्दा बढी बालबालिकालाई पार्टीको सदस्य बनाएको भन्दै कांग्रेसको आपत्ति
रास्वपाकाे पदाधिकारीमा काे–काे भए निर्वाचित ? (मतसहित)