काठमाडौं । वसन्तपञ्चमीको अवसरमा राष्ट्रपति रामचन्द्र पौडेल आज हनुमानढोका दरबार पुगेर वसन्तश्रवण गर्दैछन्।
बिहान ११ बजेको शुभसाइतमा राष्ट्रपति पौडेलले नासलचोकमा वसन्तश्रवण गर्नेछन्।
प्रधानमन्त्री, सभामुख, राष्ट्रिय सभाका अध्यक्ष लगायत संवैधानिक अंगका प्रमुख वसन्तश्रवण समारोहमा सहभागी हुने परम्परा छ।
यो अवसरमा नेपाली सेनाको टुकडीले सलामीसमेत अर्पण गर्नुका साथै स्थानीय मौलिक बाजागाजाले स्वागत गरिनेछ।
वसन्त पञ्चमीको दिनमा वसन्त श्रवण गरेमा सुखशान्ति र समृद्धि प्राप्त हुने विश्वास छ। यो प्रचलन राजा प्रताप मल्लको पालादेखि चलेको बताइन्छ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०२ फागुन २०८०, ०९ : २४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सर्बियाका राष्ट्रपतिद्वारा राजीनामा घोषणा
‘चलचित्र क्षेत्रले अध्ययन, अनुसन्धान र सृजनात्मक पक्षलाई छाड्न हुन्न’: राष्ट्रपति
प्रधानमन्त्री बालेनको ‘इनर सर्कल’ : दुई मन्त्री नजिक, अरू सबै टाढा !
'जातीय विभेद तथा छुवाछूत अमानवीय व्यवहार' : राष्ट्रपति पौडेल
राष्ट्रपति पौडेलले प्रमाणीकरण गरे दुई विधेयक
मुलुकको समृद्धि र दिगो विकास हासिल गर्नु आजको आवश्यकता : राष्ट्रपति पौडेल