काठमाडौं । वसन्तपञ्चमीको अवसरमा राष्ट्रपति रामचन्द्र पौडेल आज हनुमानढोका दरबार पुगेर वसन्तश्रवण गर्दैछन्।
बिहान ११ बजेको शुभसाइतमा राष्ट्रपति पौडेलले नासलचोकमा वसन्तश्रवण गर्नेछन्।
प्रधानमन्त्री, सभामुख, राष्ट्रिय सभाका अध्यक्ष लगायत संवैधानिक अंगका प्रमुख वसन्तश्रवण समारोहमा सहभागी हुने परम्परा छ।
यो अवसरमा नेपाली सेनाको टुकडीले सलामीसमेत अर्पण गर्नुका साथै स्थानीय मौलिक बाजागाजाले स्वागत गरिनेछ।
वसन्त पञ्चमीको दिनमा वसन्त श्रवण गरेमा सुखशान्ति र समृद्धि प्राप्त हुने विश्वास छ। यो प्रचलन राजा प्रताप मल्लको पालादेखि चलेको बताइन्छ।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०२ फागुन २०८०, ०९ : २४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
ज्येष्ठ नागरिकको ज्ञान, सीप र अनुभव हाम्रा प्रेरणाका पुञ्ज हुन्: राष्ट्रपति पौडेल
‘क्रिसमस डे’ले राष्ट्रिय एकतालाई थप मजबुत बनाउने राष्ट्रपतिकाे विश्वास
राष्ट्रपतिसँग चीनका राजदूत छन् सङले गरे बिदाइ भेट
राष्ट्रपतिबाट निर्वाचन सम्बन्धी अध्यादेश जारी
राष्ट्रपतिका विज्ञ राजनीतिक सल्लाहकार सुनिल थापाले दिए राजीनामा
सुरक्षा परिषद्को वार्षिक प्रतिवेदन राष्ट्रपति समक्ष पेस