माओवादीको विधान मस्यौदामाथि छलफल गर्न २० समूह गठन

सफल खबर संवाददाता

मंगलबार, ०१ फागुन २०८०, १५ : १८
माओवादीको विधान मस्यौदामाथि छलफल गर्न २० समूह गठन

काठमाडौँ । नेकपा माओवादी केन्द्रको जारी विधान सम्मेलनमा संशोधित विधान मस्यौदा पेस भएको छ ।

काठमाडौँको प्रज्ञा भवनमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उद्घाटन गरेको विधान सम्मेलनमा संशोधित मस्यौदामाथि छलफल गर्न २० समूह गठन गरिएको हो ।समूहमा छलफल गरेर टोली नेताले सुझाव पेस गर्नेछन् । तीन दिनसम्म चल्ने सम्मेलनले मौजुदा विधानमा हेरफेर गर्नेछ ।

प्रतिक्रिया दिनुहोस