कास्की । सात किलो ७८१ ग्राम काँचो सुनसहित प्रहरीले पोखराबाट एक जना भारतीयलाई पक्राउ गरेको छ। भारत पश्चिम बंगाल मेदिनिपुर दासपुर-११ घर भई पोखरा महानगरपालिका-२ मोहोरिया टोलस्थित जय भैरव ज्वेलर्स संचालन गरी बस्ने ४० वर्षीय सुरजित भौमिकलाई प्रहरीले मंगलबार बिहान पक्राउ गरेको हो।
उनको ज्वेलर्सबाट स्रोत नखुलेको सुनका गहना तथा काँचो सुन ७ किलो ७ सय ८१ ग्राम ९९ मिलिग्राम, चाँदीका गहना ६ किलो र नगद ६२ लाख ८१ हजार रुपैयाँ बरामद भएको छ।
जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरीले भौमिकले सञ्चालन गरेको उक्त ज्वेलर्सबाट स्रोत खुलाउन नसकेको उक्त गहना र नगदसहित उनलाई पक्राउ गरेको हो।यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ०१ फागुन २०८०, १४ : ४७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
७ लाख ९५ हजार भारतीय रुपैयाँसहित एक जना पक्राउ
बारामा ३ वर्षअघिको हत्याकाण्ड: फरार अभियुक्त पक्राउ परी पुर्पक्षका लागि जेल चलान
कर्तव्य ज्यान मुद्दामा सजाय तोकिएका फरार अभियुक्त झापाबाट पक्राउ
चितवनमा खैरो हेरोइनसहित पाँच जना पक्राउ
राष्ट्रपति कार्यालयबाट चोरी भएको हात्तीको दाह्रासहित पाँच जना पक्राउ
शङ्कास्पद गतिविधिमा संलग्न दुई चिनियाँ नागरिक पक्राउ