शुक्रबारलाई झोला र किताब रहित बनाउने छौ : उप प्रमुख अधिकारी

सफल खबर संवाददाता

मंगलबार, ०१ फागुन २०८०, १४ : ३७
शुक्रबारलाई झोला र किताब रहित बनाउने छौ : उप प्रमुख अधिकारी

चितवन । भरतपुर महानगर उप प्रमुख चित्रसेन अधिकारीले ब्यबहारिक शिक्षा आजको आबश्यकता भएको बताएका छन । आजका विद्यार्थी किताबी अध्ययनमा मात्रै सिमित भएको टिप्पणी गर्दै उप प्रमुख अधिकारीले ब्यबहारिक शिक्षाले विद्यार्थीलाई थप सिकाइ तर्फ केन्द्रित गर्ने बताए । 

शरदपुर मा बि भरतपुर ८ र ९ को ४९ औ बार्षिकोत्सव एवं अभिभावक दिवस समारोहलाई मगलबार उद्वघाटन गर्दै नगर उप प्रमुख अधिकारीले भरतपुर महानगरपालिकाले साताको प्रत्येक शुक्रवार झोला र किताब रहितको ब्यबहारिक शिक्षाको अवधारणा ल्याएको उल्लेख गरे । 

अहिले भरतपुर महानगरपालिकाले ब्यबहारिक शिक्षालाई  परिक्षणको रुपमा लागू गरिरहेको उल्लेख गर्दै महानगरले साताको प्रत्येक शुक्रबारलाई ब्यबहारिक शिक्षाको रुपमा लागू गर्ने गरि कार्यबिधी बनाएर अगाडी बढेको पनि प्रष्ट पारे । शुक्रबारलाई झोला र किताब रहितको बनाउने उदेश्यका साथ प्रक्रिया अगाडी बढिरहेको उनको भनाइ छ ।

विद्यार्थीहरुको सिकाइलाइ पाठयपुस्तकको दायरामा मात्र सिमित हुन नदिन,विद्यार्थीलाई ब्यबहारिक ज्ञान प्रदान गर्ने थलोका रुपमा बिकास गर्न,प्रतिभा प्रस्फुटनका अवसर प्रदान गर्न लगाएका थुप्रै ब्यबहारिक क्रियाकलापहरु शुक्रवारीय दिनमा गरिने छ उप प्रमुखले भने ।

बिद्यालयका प्रधानाध्यापक भोलानाथ सापकोटाले प्रधानाध्यापकको बार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।कार्यक्रममा भरतपुर ८ का वडा अध्यक्ष जिबनाथ कडेल,शिक्षा बिकास तथा समन्वय इकाइ चितवनका प्रमुख भुमिलाल सुवेदी,लक्ष्मी मा बि लकुका प्रधानाध्यापक रेशमबाबु ढकाल,त्रिपुरेश्वर कृषि सहकारी सस्थाका अध्यक्ष बेद प्रसाद सापकोटा लगाएतले बोलेबा थिए ।

कार्यक्रममा बिद्यालयको शैक्षिक उन्नति र प्रगतिमा विभिन्न समयमा सहयोग गर्ने समाजसेवी,बुद्धिजीवी तथा पेशाकर्मिहरुलाइ सम्मान गरिएको थियोे ।
 

प्रतिक्रिया दिनुहोस