काठमाडौँ । सार्वजनिक खरिद अनुगमन कार्यालयले ११ निर्माण कम्पनी र आपूर्तिकर्तालाई कालोसूचीमा राख्ने प्रक्रिया थालेको छ। ठेक्का लिएर समयमै काम नगर्ने र आपूर्ति नगरेपछि विभिन्न जिल्लाका स्थानीय तहहरूले सिफारिस गरेबमोजिम ती निर्माण कम्पनीलाई कालोसूचीमा राख्न कार्यालयले प्रक्रिया थालेको हो।
कालोसूचीमा राख्न सिफारिस भएका निर्माण कम्पनीहरूमा लमजुङको चम्पादेवी रोडा ढुंगा बालुवा प्रशोधन केन्द्र, ललितपुरको न्यू प्रिन्सपल फेसन ओयर, कञ्चनपुरको प्रगति कन्स्ट्रक्सन लगायत छन्।
ती निर्माण व्यवसायीहरूलाई कालोसूचीमा राख्न नपर्ने आधार भए सूचना प्राप्त भएको मितिले ३० दिनभित्र लिखित स्पष्टीकरण बुझाउन भनिएको छ।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ०१ फागुन २०८०, १३ : २५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
९ निर्माण व्यवसायी कालोसूचीमा
९ निर्माण व्यवसायीलाई कालोसूचीमा राख्ने प्रक्रिया सुरु, ७ दिनभित्र स्पष्टीकरण दिन अल्टिमेटम
२० निर्माण कम्पनी कालोसूचीमा
यी ५ निर्माण कम्पनी परे प्रधानमन्त्री कार्यालयको कालोसूचीमा
१४ निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)
यी १४ निर्माण कम्पनीलाई कालोसूचीमा राख्ने सरकारको तयारी