सुनसरी । बराहक्षेत्र नगरपालिका-९ राजाबासबाट करिब ४ सय ६ किलो ९ सय ४० ग्राम लागूऔषध गाँजासहित २ जना पक्राउ परेका छन् । गएराति पक्राउ पर्नेहरूमा धरान उपमहानगरपालिका-४ बस्ने २५ वर्षीय सूर्य राई र भोजपुर हतुवागढी गाउँपालिका-८ बस्ने २७ वर्षीय लक्ष्मण राई रहेका छन् ।
ईलाका प्रहरी कार्यालय महेनद्रनगरबाट खटिएको प्रहरीले बराहक्षेत्र नगरपालिका-९ राजाबासस्थित दाहसंस्कार गर्ने घाट नजिक प्रदेश ०१-०२-००१ ज ४०५० नम्बरको बोलेरो गाडीलाई जाँच गर्ने क्रममा गाडीमा १३ वटा बोरामा उक्त परिमाणको गाँजा फेला पारेको हो ।
सो क्रममा चालक सूर्य र गाडीमा सवार लक्ष्मणलाई पक्राउ गरेको प्रहरीको भनाइ छ ।यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ०१ फागुन २०८०, १२ : ५२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
गोली हानेर ब्राउन सुगर बोक्ने २ जना पक्राउ
एक करोड ४४ लाखसहित चिनियाँ नागरिक पक्राउ
अवैध लागू औषधसहित दुई जना पक्राउ
बृहत्तर जनकपुर क्षेत्र विकास परिषद् अध्यक्ष साह पक्राउ
पोखरामा जुवातास खेलिरहेका १७ जना पक्राउ
मोरङमा लागुऔषध कारोबारी पक्राउ