चितवन । भरतपुर महानगरपालिकाले ठुलो संख्यामा कर्मचारीलाई स्पष्टिकरण सोधेको छ । अनुगमनको क्रममा समयमै कार्यालय नआएका ४० भन्दा बढी कर्मचारीलाई स्पष्टिकरण सोधेको हो ।
महानगरको प्रशासन शाखाले सबै कर्मचारीलाई माघ २८ गते कारण सहित स्पष्टिकरण दिन अनुरोध गरेको थियो । ‘हामीले अनुगमनको क्रममा कार्यालयमै नभएका कर्मचारीलाई स्पष्टिकरण सोधेका हौँ । अहिले नै कारबाही भन्दापनि सचेत गराउनका लागि स्पष्टिकरण सोधिएको हो’, महानगरपालिका स्रोतले भन्यो, ‘उहाँहरु धेरै त अफिसको कामले बाहिर जानु भएको छ । तर प्रकृया पुरा गरेर जानुहोस् भन्न मात्र खोजेका हौँ ।’
कार्यालयकै कामले अफिस बाहिर जाने कर्मचारीहरु पनि सम्बन्धित निकायलाई जानकारी नदिई जाने गरेको भेटिएको महानगरले बताएको छ । उनीहरुलाई सम्बन्धित निकायबाट स्वीकृत लिएर मात्र जान अनुरोध गरिएको स्रोतको भनाई छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ०१ फागुन २०८०, ११ : ३४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
फोहोर प्रशोधन केन्द्रका लागि वन क्षेत्रको जग्गा प्राप्ति प्रक्रिया अन्तिम चरणमा, भरतपुर महानगरद्वारा थप बजेट सुनिश्चित
भरतपुर महानगरका तत्कालीन वरिष्ठ इन्जिनियर आचार्यविरुद्ध भ्रष्टाचार मुद्दा
भरतपुर महानगरले दियो ७ हजार बढीलाई नि:शुल्क सीप तालिम
भरतपुर महानगरको सार्वजनिक सुनुवाई: प्रशंसा, ध्यानाकर्षण र सुझाव !
भरतपुर महानगरमा चार सय ३८ विद्यार्थीलाई छात्रवृत्ति
अन्तरजातीय विवाह गर्ने १५ जोडीलाई भरतपुर महानगरको सम्मान