इस्लामाबाद । पाकिस्तानका धार्मिक दलहरूले चुनावमा धाँधली भएको आरोप लगाउँदै विरोध प्रदर्शनको घोषणा गरेका छन् । जमात-ए-इस्लामीले कराँचीका विभिन्न आठ भागमा प्रदर्शन गर्ने योजना बनाएको हो।
जमातले 'कराचीको जनादेशमा डकैती हुन नदिने' भनेको छ। यससँगै जमियत उलेमा–ए–इस्लामले पनि निर्वाचनमा अनियमितता भएको आरोप लगाउँदै सिन्धका २८ क्षेत्रमा धर्ना दिने र राष्ट्रिय राजमार्ग अवरुद्ध गर्ने घोषणा गरेको छ ।
पाकिस्तानको निर्वाचन आयोगले नेसनल एसेम्बलीका २६५ सिटमध्ये २५७ सिटको नतिजा घोषणा गरेको छ तर बलुचिस्तानका सात सिटको नतिजा भने घोषणा गरेको छैन ।
अहिलेसम्मको नतिजामा पूर्व प्रधानमन्त्री इमरान खानको पार्टी पाकिस्तान तहरीक-ए-इन्साफ (पीटीआई) ले समर्थन गरेका स्वतन्त्र उम्मेदवारहरूले ९३ सिट प्राप्त गरेका छन्। यसपछि मुस्लिम लिग–एनले ७४ सिट, पिपुल्स पार्टीले ५४ सिट र एमक्यूएमले १७ सिट जितेको छ ।
यसबाहेक पाकिस्तान मुस्लिम लिग र जमियत उलेमा-ए-इस्लामले तीन-तीन सिट पाएका छन्।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २८ माघ २०८०, १२ : ५८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
४९१ जना कैदीसहित हजारौँ अफगान शरणार्थी पाकिस्तानबाट स्वदेश फिर्ता
पाकिस्तानमा अमेरिका–इरान वार्ता सुरु हुँदै
पाकिस्तानद्वारा अफगानिस्तानमा फेरि हवाई हमला, ४०० जनाको मृत्यु
रवि-बालेनलाई पाकिस्तानी प्रधानमन्त्रीले दिए बधाई
खामेनीको हत्यापछि पाकिस्तानमा प्रदर्शन, २० जनाको मृत्यु
पाकिस्तान-अफगानिस्तानबिच युद्ध : १२७ जना मारिए