कोशी प्रदेश : पाँच जना नयाँ मन्त्रीले आज शपथ गर्दै

सफल खबर संवाददाता

शुक्रबार, २६ माघ २०८०, १२ : ४२
कोशी प्रदेश : पाँच जना नयाँ मन्त्रीले आज शपथ गर्दै

विराटनगर । कोशी प्रदेश सरकार आज विस्तार हुने भएको छ । प्रदेश प्रमुखको कार्यालयका अनुसार बेलुका ४ बजे शपथ हुने तय भएको छ ।

मुख्यमन्त्री कार्यालय स्रोतका अनुसार नयाँ थप हुने मन्त्रीहरूमा काँग्रेसबाट प्रदीपकुमार सुनुवार, रामकुमार खत्री मन्त्री  तथा इन्दिरा थापा राज्यमन्त्री हुने भएकी हुन् । यस्तै माओवादी केन्द्रबाट राजेन्द्र कुमार कार्की र नारायण बुर्जा मगरले मन्त्रीको शपथ लिने तय भएको छ ।

स्रोतले दिएको जानकारी अनुसार सुनुवार– स्वास्थ्य मन्त्री, खत्री– कृषि, सहकारी,  बुर्जा– खानेपानी सिँचाइ तथा ऊर्जा, कार्की– सामाजिक विकास र  थापा–स्वास्थ्य, राज्यमन्त्री बन्ने भएका छन् ।

हाल प्रदेश सरकारमा कांग्रेसबाट शमशेर राई आन्तरिक मामिला तथा कानुन, माओवादीका गणेश उप्रेती पर्यटन, वन तथा वातावरण र नेकपा एसका कमल प्रसाद जबेगू भौतिक पूर्वाधार मन्त्री छन् ।

प्रतिक्रिया दिनुहोस