काठमाडौँ । लागु औषधसहित विभिन्न स्थानबाट पाँच जना पक्राउ परेका छन् । कैलालीको धनगढी उपमहानगरपालिका-७ जोखरतालबाट अवैध लागु औषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ७ सय ५० मिलिग्रामसहित सोही नगरपालिका-७ बस्ने २९ वर्षीय रामकृष्ण चौधरीलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।बाराको परवानीपुर गाउँपालिका-४ चैनपुर चोकबाट पनि अवैध लागूऔषध गाँजा करिब ८ किलोसहित पर्सा बहुदरमाई नगरपालिका-२ बैरिया टोल बस्ने २७ वर्षीय अरूण मिया अन्सारीलाई प्रहरीले पक्राउ गरेको छ ।
इलाका प्रहरी कार्यालय परवानीपुरबाट खटिएको प्रहरीले भे.१ ज १२०४ नम्बरको हाईस गाडीलाई जाँच गर्ने क्रममा गाडीमा सवार उनलाई उक्त गाँजासहित पक्राउ गरेको हो।यसैगरी कपिलवस्तुको वाणगंगा नगरपालिका-११ देउपारस्थित सडकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३ ग्राम ४ सय १० मिलिग्रामसहित रूपन्देही बुटवल उपमहानगरपालिका-१२ बस्ने २२ वर्षीय तिलक थापालाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
अस्थायी प्रहरी पोष्ट ओदारीबाट खटिएको प्रहरीले लु.४१ प ९७६८ नम्बरको स्कुटरलाई जाँच गर्ने क्रममा चालक थापालाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।मोरङको कटहरी गाउँपालिका-६ बस्ने कपिलदेव सहनी अवैध लागूऔषध गाँजा ५ किलो ५ सय ग्रामसहित बिहीबार दिउँसो प्रहरीले पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरीले उनको घर तलासी गर्ने क्रममा उक्त गाँजा फेला पारी उनलाई पक्राउ गरेको हो ।
साथै थप अनुसन्धानको क्रममा कटहरी गाउँपालिका-४ बस्ने ३३ वर्षीय सोहन सहनीको संलग्न रहेको खुल्न आएपछि प्रहरीले उनको घर तलासी गर्दा अवैध लागूऔषध गाँजा १ किलो फेला पारी उनलाई समेत पक्राउ गरेको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २६ माघ २०८०, १२ : २४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
जेनजी आन्दोलनमा कारागारबाट भागेर प्रहरीको हतियार लुट्ने पक्राउ
लागूऔषध ब्राउन सुगरसहित एक जना पक्राउ
बैकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ
काठमाडौँबाट चोरीको मोटरसाइकलसहित दुईजना पक्राउ
राष्ट्रपति कार्यालयमा तोडफोड र लुटपाट गर्ने तीन जना पक्राउ
जेनजी आन्दोलनमा प्रहरीको बर्दी लगाउँदै लुटपाट र आगजनी गरेको आरोपमा तीन जना पक्राउ