नेप्से ५.७४ अकंले बढ्यो

सफल खबर संवाददाता

विहीबार, २५ माघ २०८०, १५ : ४२
नेप्से ५.७४ अकंले बढ्यो

काठमाडौँ । सेयर बजारमा निरन्तर चौथो दिन समेत सुधार देखिएको छ । सामान्य अकंले वृद्धि भइरहेको बजारले बिस्तारै लय समालि रहेको संकेत गरी रहेको हो । बजारमा सुधार आएसँगै लगानीकर्तामा उत्साह छाएको छ ।

सेयर बजारका लागि आवश्यक परिसूचक सकारात्मक छन् । ब्याजदर समेत घट्दो छ । नियामक निकाय समेत केहि लचिलो बन्दै गएको छ । सोहि कुराले सेयर बजारमा बढ्न बल पुगि रहेको हो । अर्थतन्त्रका अधिकांश सूचक सुधार तिर गइरहेका छन् । रेमिट्यान्स समेत बढ्दो छ । यसले पनि बजारलाई थप दरिलो बनाउन आवश्यक रहेको जानकारहरुका छन् ।

मौद्रिक नीतिको दोस्रो समीक्षामार्फत केन्द्रीय बैंकले कर्जा प्रवाहमा सहजता हुने गरी नीतिगत व्यवस्था गर्ने अपेक्षा गरिएको छ । केन्द्रीय बैंकले पनि त्यसैतर्फ संकेत गरेको छ। बजार विरोधी नीतिहरुलाई पूर्णरुपमा खुकुलो बनाउने हो भने बजारले सुधार तिर लम्किने आंकलन हुन थालेका छन् । लगानीकर्ताको मनोबल दरिलो भइरहेको छ ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ५.७४ अकंले बढेर २०९६.३८ बिन्दुमा बन्द भएको छ । बिहिबार ३१७ कम्पनीको ९१ लाख ७१ हजार ७१० कित्ता सेयर किनबेच हुँदा ३ अर्ब २१ करोड २ लाख ८३ हजार रुपैयाँको कारोबार भएको छ ।

बिहिबार चार उपसूचक राताम्य भएका छन् । आज बैंिकङ समूह ०.०४ प्रतिशत, जीवन बीमा समूह ०.११ प्रतिशत, म्युचुअल फण्ड समूह १ प्रतिशत र अन्य समूह ०.६६ प्रतिशतले घटेको हो ।

प्रतिक्रिया दिनुहोस