‘हात्तीछाप’ फिल्म लाई मल्टिप्लेक्सले दियो १६४ शो

सफल खबर संवाददाता

विहीबार, २५ माघ २०८०, १२ : ५८
‘हात्तीछाप’ फिल्म लाई मल्टिप्लेक्सले दियो १६४ शो

काठमाडौँ । भोली शुक्रवारबाट सार्वजनिक प्रदर्शनमा आउन लागेको फिल्म हो ‘हात्तीछाप’ । फिल्मको बुधवारबाट अग्रिम टिकट बुकिङ समेत खुलिसकेको छ ।

अभिनेता दयाहाङ राई, सौगात मल्ल, उपासनासिंह ठकुरी लगायतको कलाकारको अभिनय रहेको कारण फिल्मप्रति प्रदर्शकको आशा पनि उच्च देखिएको छ । त्यसैले पनि फिल्मलाई देशभरका मल्टिप्लेक्स हलमा १६४ शोज दिइएको छ । सिंगल हलहरूको समेत आँकडा गर्दा फिल्मले करिब २ सय शोज देशभर पाएको छ ।

क्यूएफएक्स चेनले उपत्यकाका हलमा १५ शोज उपलब्ध गराएको छ । यस्तै, वान सिनेमाज् नयाँ बानेश्वरले ६ शोज उपलब्ध गराएको छ भने कालिमाटीमा रहेको वान सिनेमाज्मा ४ शोज उपलब्ध गराएको छ । फिल्मलाई बिग मुभिजले ६ शोज दिएको छ ।

बिहानदेखि बेलुकासम्म फिल्मलाई अधिकांश हलले उच्च शोज दिएका छन् । चाबहिलको एफक्यूब हलले पनि यो फिल्मलाई ६ शोज उपलब्ध गराएको छ ।

सिमोस सुनुवारको निर्देशनमा तयार भएको यो फिल्मलाई किरण नेपालीले प्रस्तुत गरेका हुन् । फिल्ममा दयाहाङ, सौगात र उपासनाको अलवा बेनिशा हमाल, कमलमणि नेपाल, विजय बराल, पुष्कर गुरुङ, वृद्धि तामाङ, सुष्मा  निरौला, विल्सनविक्रम राई लगायतका कलाकारको अभिनय छ ।

फिल्मले प्रिमियरबाट राम्रो तारिफ पाएको थियो । फिल्ममा कलाकार दीपकराज गिरीको विशेष भूमिका छ ।

प्रतिक्रिया दिनुहोस