धनगढी। डडेल्धुरामा बस दुर्घटना हुँदा ११ जना घाइते भएका छन् । बुधवार राति बाजुराबाट नेपालगन्ज जाँदै गरेको ना ६ ख ५४५० नम्बरको बस डडेल्धुराको स्याउलेमा दुर्घटना भएको हो ।घाइतेमध्ये ३ जनाको अवस्था मध्यम रहेको छ । बाँकी ८ जना भने डिस्चार्ज भइसकेका छन् ।
घाइतेहरूको डडेल्धुरा अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी कुसुम नायकले जानकारी दिए । उनका अनुसार प्रेसर पाइप फुटेर ब्रेक फेल भएपछि दुर्घटनाबाट जोगाउन चालकले बस नालीतर्फ लगेका थिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २५ माघ २०८०, १२ : ३९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
पेरुको जुनिन क्षेत्रमा बस दुर्घटना: कम्तीमा १८ जनाको मृत्यु, २४ जना घाइते
काभ्रेमा बस दुर्घटना, २३ जना घाइते
मेलम्चीमा बस दुर्घटना, ८ जना घाइते
श्रीलङ्कामा बस दुर्घटना : २१ तीर्थयात्रीको मृत्यु, १४ गम्भीर घाइते
धनकुटामा बस दुर्घटना हुँदा एकजनाको मुत्यु, १४ जना घाइते
शिक्षकहरू चढेको बस दुर्घटना, १६ जना घाइते