चार नेपाली फुटबलर अष्ट्रेलिया प्रस्थान

सफल खबर संवाददाता

बुधबार, २४ माघ २०८०, ११ : १६
चार नेपाली फुटबलर अष्ट्रेलिया प्रस्थान

हेटौंडा । चार नेपाली फुटबलर अष्ट्रेलिया प्रस्थान गरेका छन् । राष्ट्रिय फुटबल टोलीका आशिष चौधरीसहित विभिन्न क्लबबाट व्यावसायिक खेल खेलिरहेका सेसेहाङ आङदम्बे , सिमान्त थापा र आशिष देउला अष्ट्रेलिया प्रस्थान गरेका हुन् ।

अष्ट्रेलिया जाने खेलाडीमा आशिष ए डिभिजन च्याम्पियन चर्च ब्वाइ युनाइटेडका खेलाडी हुन भने नेपाल सुपर लिग अन्तरगत धनगढी एफसीका मार्की खेलाडी समेत हुन । अष्ट्रेलीया उडेका सिमान्त जाउलाखेलका कप्तान हुन भने सेसेहाङ त्रिभुवन आर्मिका खेलाडी हुन् । देउला भने एनएसएल अन्तर्गत झापाका किपर रहेका थिए ।

प्रतिक्रिया दिनुहोस