नि:शुल्क पार्किङ विवाद चुलियो

पत्रपत्रिकाबाट

मंगलबार, २३ माघ २०८०, ०७ : ३९
नि:शुल्क पार्किङ विवाद चुलियो

काठमाडौँ  ।  काठमाडौँ महानगरपालिकाले धरहराको भूमिगत तल्लो तलामा सञ्चालनमा ल्याएको निःशुल्क पार्किङ सेवालाई निरन्तरता दिने देखिएको छ ।

निर्माणाधीन धरहराको बेसमेन्टमा पार्किङ सेवा सञ्चालन नगर्न सहरी विकास मन्त्रालयले पठाएको पत्रको जवाफमा काठमाडौँ महानगरपालिकाले सेवालाई निरन्तरता दिने बताएको हो ।

सहरी विकास मन्त्रालय अन्तर्गतको केन्द्रीय आयोजना कार्यान्वयन एकाइ (भवन) ले पहिलो पटक माघ १४ गते महानगरपालिकालाई पत्राचार गरेको थियो । महानगरले लिखित वा मौखिक कुनै जवाफ नपठाएपछि सो एकाइले माघ १८ गते पुनः महानगरपालिकालाई पत्राचार गरेको थियो ।

काठमाडौँ महानगरपालिकाका प्रवक्ता नवीनकुमार मानन्धरले मन्त्रालयलाई महानगरले जुनसुकै हालतमा सो ठाउँमा निःशुल्क पार्किङ सेवा सञ्चालन गर्ने प्रतिबद्धतासहित जवाफ पठाइएको जानकारी दिए । गोरखापत्रमा खबर छ ।

प्रतिक्रिया दिनुहोस